मेयरकप स्कुल , ओलिम्पिकको दोेस्रा संस्कर मंसिर ५ देखि १७ गतेसम्म हुने

धरान / गतबर्षबाट शुरु भएको मेयरकप स्कुल , ओलिम्पिक २०७५ ले यस बर्ष पनि निरन्तरता पाएको छ ।धरान उपमहानगरपालिका अन्तर्गतको मेयर कप स्कुल ओलम्पिक आयोजक समितिले मंगलबार उपमहानगरपालिकाको कर्मचारी एसोसिएसनको हलमा पत्रकार सम्मलन गरी मेयरकपका दोेस्रा संस्कर आगामी मंसिर ५ देखि १७ गतेसम्म गर्ने जानकारी दिएको छ ।पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १२ वटा खेलमा सामुदायिक तथा निजी विद्यालय गरी ५४ विद्यालयले भाग लिने जानकारी दिइएको छ । विद्यालय स्तरदेखि नै खेलकुदको विकास गर्न गत बर्षदेखि आयोजना गरिएको प्रतियागितामा गत बर्ष १० खेल खलाइए पनि यस बर्ष भने दुई वटा खेल कपर्डी र सेपेक टेक्रो थप गरिएको धरान उपमहानगरपालिकाका सामाजक विकास शाखा अधिकृत गणे खतिवडाले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता हुने विद्यालयलाई १ लाख २० हजार, दोस्रो हुनेलाई ८० हजार र तेस्रो हुनलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने धरान उपमहानगरपालिका अन्तर्गतको ननगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताउनुभयो । प्रतियोगितासंगै सामुदायिक विद्यालयहरुमा खेलकुदका भौतिक पूर्वाधार निर्माण गरिने समेत आयोजकले जनाएको छ । गत बर्ष आयोजना भएको मेयर कपबाट संकलित रकमबाट धरान ८ को ल्याबारेटरी मावि, धरान १३ को सत्यसाही स्कुल, धरान २० का भालुढुंगा माविमा बास्केल बल, भलिवल, व्याडमिन्टन र सेपाक ट्याक्रो वहुउद्देश्य कोर्टको निर्माण गरिएको थियो भने धरान ३को भानु स्मृतिमा टेबुल टेनिस कोर्ड निर्माण गरिएको थियो । खेलकुदको भवन तथा कोर्ट निर्माणलाई बढाउदै लाने समेत जानकारी गराइएको छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख २३ हजार रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया