थाहै नभई ग्यास्ट्रीक बिग्रिएर अल्सर हुनसक्छ ! यी हुन् अल्सरका लक्षण –

काठमाडाैं । आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ ।पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन् ।

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ

खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया