सगरमाथालाई सुन्दरहरैंचा फुटबल प्रतियोगिताको उपाधि

सन्दरहरैंचा । सन्दरहरैंचाको आरती युवा क्लवद्धारा सलकपुरमा आयोजित प्रथम सन्दरहरैंचा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधि सगरमाथा फुबल क्लव विराटचोकले हात पारेको छ ।

सलकपुरको पानीट्यांकी फुटबल प्राङ्गणमा भएको फाइनल खेलमा सगरमाथा फुटबल क्लवले शान्तीनगर फुटबल क्लव तरहरा सुनसरीलाई १—० गोलको अन्तरले पराजित गदै उपाधि हात पारेको थियो । प्रतिस्पर्धापुर्ण तथा रोचक खेलको २३ औं मिनेटमा सगरमाथा फुटबल क्लबका जर्सि नं. १७ का भुवन बस्नेतले गोल गरेर सगरमाथा विजयी बनेको थियो ।

सगरमाथा क्लवले शान्तिनगर क्लवलाई खेल अवधी भरि कडा दवावमा राखेको थियो । थुप्रै सुनौलो गोल गर्ने अबसर गुमाएको शान्त्निगरले सगरमाथालाई पाखा लगाउँन खोजेपनि पटक पटक गोल लगाउने प्रकृयाबाट भने असफल बनेको थियो ।

प्रतियोगितामा अतिरितm समय थप नगरिएको भनि केही खेलाडी तथा दर्शकहरुले विरोध समेत जनाएका थिए । विजयी हुने प्रथम टिम सगरमाथा क्लबले नगद रु ५१ हजारका साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो । दोस्रो हुने टिम शान्तिनगर फुटबल क्लव तरहराले नगद रु २५ हजार १ सयका साथमा ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिता अवधि भरि सबैभन्दा बढी गोल गर्ने सगरमाथा युथ क्लबका भुवन कार्की तथा शान्तिनगर फुटबल क्लव तरहराका संजिव श्रेष्ठ घोषीत भए । र्काितक ९ गते देखी १८ गते सम्म भएको फुटबल प्रतियोगितामा विभिन्न फुटबल क्लबहरुले सहभागिता जनाएका थिए । समापन खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कानुन न्याय तथा ससदीय मामिला मन्त्री भानुभक्त ढकालले गरेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

कामना विकास बैंकको सेवामा स्तरोन्नती

गाेठगाउँमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…