यस्ता छन् नरिवल पानी पिउनुका फाइदाहरु

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ । अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन् :

नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ ।

नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।

नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ ।

यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।

सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ ।

नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।

नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।

नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ ।

यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया