लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरान / लिम्बुहरु आफ्नो ऐतिहासिक थाततलो बचाउने अभियानमा जुटेका छन् । लिम्बुहरुको संस्था युमा साम्यो महासभाले लिम्बु जातीको मुन्धुमसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थलहरु नष्ट गर्ने क्रम बढेकोले त्यसलाई रोक्ने अभियानमा जुटेका हुन् । अरुणपूर्व रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरुलाई जगेर्ना गर्नको लागि सभाले शुक्रबार धरानमा पत्रकार सम्मेलन गदै सबैमा ध्यानकर्षण गराएको हो ।

महासभाले अरुणपूर्वका क्षेत्रहरुमा रहेको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने स्थलहरुको पहिचान गरेर सार्वजनिक समेत गरेको छ । पारुङ् मारुलुङ्, सावान पाङ्भेल थाप्लाङलगायतका ऐतिहासिक महत्व बोकेको ८० वटा संरक्षण र सम्बद्र्धन गर्नुपर्ने स्थलहरु पहिचान गरी सुचि तयार गरी सार्वजनिक गरेको हो । पछिल्लो समय चेतनाको अभावले यस्ता ऐतिहासिक स्थलहरुमा कङक्रिड ढलान गरेर ऐतिहासिक बस्तु नष्ट गर्ने क्रम बढेकोले त्यसलाई प्राकृतिक स्वरुप नै राख्नको लागि सचेतना गराइरहेको मुन्धुमविद् अर्जुनबाबु माबुहाङले बताउनुभयो । तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर समेत रहनु भएका मावुहाङ्गले ऐतिहासिक स्थलहरुमा कङक्रिड ढलाइ गर्दा पहिलाको ऐतिहासिकता मेटिने हुनाले प्राकृतिक रुपमा त्यसको संरक्षण गरिनुपर्ने बताउनुभयो । त्यसको लागि त्यहाँका जनप्रतिनिधि, राजनितिक दल तथा सरोकारवालसबैलाई ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो ।

लिम्बु जातीको पहिचानसंग जोडिएका त्यस्ता स्थलहरुको पहिचान मेट्ने कार्य भइरहेको भन्दै त्यसले कसैलाई फाइदा नहुने उहाँले जिकिर गर्नुभयो । बरु त्यस्ता क्षेत्रहरुको संरक्षण तथा सम्बद्र्धन गरेर पर्यटकीय क्षेत्रहरु बनाउन सकिने उहाँले बताउनुभयो । लिम्बु जातिको आस्था, विश्वास, मुन्धुम, समाजिक इतिहास, भाषा संस्कार र संस्कृतिसँग सम्बन्धित ऐतिहासिक एवंम पुरातात्विक स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्ने सम्बन्धमा सबैलाई सुसुचित गराउनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको सभाका केन्द्रीय महासचिब रमेश कुमार इजमले बताउनुभयो ।

मुन्धुम र इतिहासमा उल्लेख भएका आधारमा हाल पहिचान गरिएका त्यस्ता क्षेत्रहरुको संरक्षणको लागि ढुङगाको सुख्खा गाहे लगाउने, लिम्बुजातीसँग सम्बन्धीत बनस्पतीले घेरा लगाउने, संक्षिप्त परिचय खुल्ने साइनबोर्डहरु राख्नेलगायतका कार्यहरु गर्न सभाले आग्रह गरेको छ । धार्मिक–संस्कृतिक स्थलहरु प्राकृतिक अवस्थामै संरक्षण सम्बद्र्धन गर्न–गराउन प्रभाबकारी भुमिका निर्बाह गर्न समेत सभाले सुझाब दिएको छ । त्यस्तै, परम्परागत आस्थाका रुपमा चलिआएको केही स्थलहरु बाहेकका धार्मिक स्थलहरुमा पशुपक्षीको बलिभोग तथा होमहवन जस्ता कार्यहरु निषेध आग्रह गरिएको छ । राज्यका स्थानीय निकायहरुमा उपरोक्त कार्यहरुको लागि जरुरत पर्ने बजेटहरु माग गर्ने सुझाब दिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…