ए डिभिजन लिग : मनाङ विजयी

सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले हराएर मनाङले विजयी सुरुवात गरेको हो ।

ब्रिगेड ब्वाइजले पहिलो हाफमा १-० को अग्रता लिएपनि मनाङले दोस्रो हाफमा पुनरागमन गर्दै जित दर्ता गरेको हो । पहिलो हाफको २८औं मिनेटमा रजत तिवारीले गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले किलियर गर्न नसक्दा गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको सुरुआतमै मनाङले बराबरी गोल फर्काएको थियो । पेनाल्टी क्षेत्र बाहिरबाट हेमन गुरुङको प्रहार फरवार्ड आडेलाजालाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ५७औं मिनेटमा अफिज वलावाले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याएका थिए । अतिरिक्त समयको चौथो मिनेटमा ओलावालेले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित पक्का गरे । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । खेलको म्यान अफ द म्याच ओलावाले घोसित भए ।

Purbeli TV

तपाईको प्रतिक्रिया