नेपालले जित्यो टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिदा नेपालले पहिलो ओभरको ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । नेपालका अनिल साह सुन्य रनमा आउट भएका थिए ।

त्यसपछि वर्षाको कारण खेल भएन । र, रेफ्रीले नेपाल र सिंगापुरबीचको खेल रद्द भएको घोषणा गरेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक पाएका छन् । नेपाल र सिंगापुरले एक एक अंक पाएसंगै छनोटमा दुवैले ६ खेलबाट समान ११/११ अंक जोडन सफल भयो । तर, नेट रन रेटको आधारमा नेपाल अघि रहदै विजेता बन्यो ।

यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अल आउट हुदैँ मात्र ८१ रन बनाउन सक्यो । उस्का लागि सुरेन्द्रन चन्द्रमोहनले बनाएको २५ रन नै सर्वाधिक रन बन्न पुग्यो । बसन्त रेग्मीको १०.२ ओभरमा बोल्ड आउटको शिकार हुनु अघि उनले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोड्न सकेका हुन ।

त्यस्तै मनप्रीत सिंह र सिद्धान्तले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछाने घातक बलिङ गरे । सन्दीपले मात्र ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २ विकेट लिदा बसन्त रेग्मी र ललित नारायण राजवंशीे समान १ विकेट लिए । सिंगापुरविरुद्ध ४ विकेट लिएसंगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया