टि-ट्वाण्टी छनौट: नेपालले पायाे ८२ रनकाे लक्ष्य

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत सिंगापुरविरुद्ध नेपालले निकै राम्रो बलिङ प्रदसन गरेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई ८१ रनमा अल आउट बनाएको छ । सिंगापुरलाई ८१ रनमा अल आउट बनाउने क्रममा सन्दिपले जादुमय प्रदासन गर्न सफल भए । तिन ओभर तिन बल बलिङ्ग गरेका सन्दिपले १६ रन खर्चेर सिंगापुरका ४ खेलाडीलाई आफ्नो सिकार बनाए ।

आजको ४ विकेट संगै सन्दीप लामिछानेले मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोटको खेलमा आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन् । सन्दिप एकै प्रतियोगितामा राष्ट्रिय टोलीबाट सवार्धिक विकेट लिने बलर बनेका छन् । जारी प्रतियोगितामा सन्दीपले २४ विकेट लिन सफल भए र ६ वर्ष पुरानो किर्तिमान आफ्नो नाममा बनाउन सफल भए ।

तेस्तै आजको खेलमा सोम्पाल कामी र कारण केसीले २-२ विकेट लिदा ललित राजबंसी र बसन्त रेग्मीले समेत १-१ विकेट आफ्नो नाममा बनाए । सिंगापुरको लागि चन्द्रमोहनले २५ तथा सिधान्त र मंप्रित सिङ्गले १०-१० रन बनाउनु बाएक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन ।

Purbeli TV

तपाईको प्रतिक्रिया