सन्दीपको नयाँ कीर्तिमान, तोडे ६ बर्षको पुरानो रेकर्ड !

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत सिंगापुरविरुद्ध नेपालले बलिङ गरिरहेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सिंगापुरविरुद्ध नेपाललाई छैटौ सफलता मिलेको छ । नेपालको लागि सन्दिप लामिछानेले २ विकेट लिन सफल भए भने ललित राजबंसी, बसन्त रेग्मी र सोम्पाल कामीले १-१ विकेट लिन सफल भए ।

योसंगै सन्दीप राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । आजको खेलमा सन्दिपले ३ ओभर गर्दै २ विकेट लिदै किर्तिमान बनाएका हुन । सन्दिपको आजको खेलमा १ ओभर बलिङ्ग गर्न बाकि रहदा २२ विकेट पुराएका छन् । यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । यो समाचार तयार पार्दा सम्ममा सिंगापुरले १४ ओभर २ बलमा ७२ रङ बनाएको छ भने ६ विकेट गुमाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया