सिंगापुर विरुद्ध टस जितेर बलिङ्ग गर्दै नेपाल: सन्दिपलाई किर्तिमान बनाउने मौका

मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को को छैटौ तथा अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ । उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालको नजर सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुम्ने नै हुने छ ।

यस खेलको विजेता नै क्वालिफायर बी को च्याम्पियन बन्नेछ। पाँच खेलबाट दुवैले १० अंक जोडेका छन्। राम्रो रनरेटका कारण नेपाल अगाडी छ । सिंगापुरविरुद्धको जितले नेपाललाई छनोटको उपाधि दिनेछ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि आज नया इतिहास बनौन मैदान उत्रदै छन् । प्रतियोगिताका पाँच खेलमा २० विकेट लिएका सन्दीपले अन्तिम खेलमा २ विकेट झारेमा राष्ट्रिय टिमबाट सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया