सिंगापुरलाई हराउँदै उपाधि उचाल्ने दाउमा नेपाल

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा अपराजित रहेका दुई टोली नेपाल र सिंगापुरबीचको खेल अघोषित फाइनल जस्तै रहनेछ। खेल नेपाली समय अनुसार दिउँसो १२ :१५ बाट मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सूरु हुने छ । उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालको नजर सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुम्ने नै हुने छ । दुबै टोलीले समान ५ खेलमा समान ५ मा जित निकालेका छन् । तर, नेट रन रेटमा नेपाल अघि छ ।

सिंगापुरविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित रहदै विजेता बन्नु हुनेछ । यता, सिंगापुरको लक्ष्य पनि त्यहिँ हुनेछ । प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछैन । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन । नेपालले प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेको छ। कुनै पनि विपक्षीलाई सय रन भन्दा बढी बनाउन दिएको छैन। यसैगरी सिंगापुरले पनि राम्रो खेल्दै आएको छ।

नेपाल र सिंगापुर नौलो प्रतिद्वन्दी भने होइनन्। यी दुईले मलेसियामै भएको एसिया कप क्वालिफायरमा ५० ओभरको खेल खेलेका थिए। जसमा नेपाल विजयी भएको थियो। यस्तै एसीसी टी-२० कपमा नेपालले दुई पटक सिंगापुरलाई दुई पटक पराजित गरिसकेको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया