इराकविरुद्ध अर्जेन्टिनाको चार गोल

लियोनल मेसी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन जस्ता स्टार खेलाडी विना मैदान उत्रिएकोे अर्जेन्टिनाले इराकविरुद्ध शानदार जित निकालेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४-० ले हराएको हो । साउदी अरेबियाको रियादमा इराकविरुद्ध दोस्रो रोजाईका खेलाडी मैदान उतारेपनि अर्जेन्टिनाले सहज जित निकाल्यो । अर्जेन्टिनालाई सहज जित दिलाउन लौटरो मार्टिनेज, रोबर्टो पेरियरा, जर्मन पिजाला र फ्रानो सर्भीले एक एक गोल गरे ।

पहिलो हाफको १८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा पेरियराले गोल गर्दै अर्जेन्टिनालाई २ – ० को अग्रता दिलाए । यसैगरी जर्मन पजेलाले ८२औं मिनेटमा गोल गर्दा इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्को इमान्यूल केर्भीले गोल गर्दै अर्जेन्टिनाको स्कोर ४–० पुर्याएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया