वेल्सविरुद्ध स्पेनको फराकिलो जित

अन्तर्‍ाष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले वेल्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि पाको अलकेसरले २ तथा सर्जियो रामोस र बातअग्राल एरगेले एक एक गोल गर्दा वेल्सका साम भोक्सले सान्त्वना गोल गरेका थिए । वेल्सविरुद्ध स्पेनको खेलको आठौं मिनेटमा अल्कासरको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । १९ औं मिनेटमा रामोसले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । खेलको २९ औं मिनेटमा अल्कासरले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा स्पेन ३ – ० ले अघि रह्यो ।

दोस्रो हाफमा स्पेनले एक गोल गर्दा एक गोल बेहोर्यो । खेलको ७४ औं मिनेटमा बार्टाले गोल गर्दै स्पेनलाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा वेल्सका भोक्सले एक गोल फर्काएपनि खेल स्पेनले ४ -१ ले आफ्नो पक्षमा बनायो । विश्वकपमा खराब प्रदर्शन पश्चात निकै आलोचना पाएको स्पेनिस टोलीले केहि नयां अनुहारहरुलाई मौका दिएको थियो । अर्कोतर्फ मुख्य खेलाडी ग्यारेथ बेल घाइते रहेको अवस्थामा वेल्स फितलो देखियो । स्पेनले मंगलबार इंग्ल्यान्डको सामना गर्ने छ । अर्को तर्फ, वेल्सले आयरल्यान्डको सामना गर्ने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया