एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाए

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता फ्रान्सले आइसल्याण्डसंग बराबरी खेलेको छ । बिहिबार राति भएको खेलमा फ्रान्स र आइसल्याण्डले २ – २ गोलको बराबरी खेलेका हुन् । आइसल्यान्डसँग हारतर्फ उन्मुख भएको खेलको ९०औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् ।

रकिर बेन्जरसनले ३०औं मिनेटमा गोल गर्दै आईसल्याण्डलाई विश्वविजेता फ्रान्सविरुद्ध अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल खाएको फ्रान्सले ५८औं मिनेटमा दोस्रो गोल खाएको थियो । खेलको ५८ औं मिनेटमा कारी अर्नासनले गोल गर्दै आइसल्याण्डको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको ८६ औं मिनेटमा आइसल्याण्डका होलमार ओइरेनले आत्मघाती गोल गर्दा फ्रान्समा खेलमा फर्किएको थियो ।  ९०औं मिनेटमा स्टार एमबाप्पेले गोल गरेपछि फ्रान्सलाई सम्भावित हारबाट जोगाए ।

Purbeli TV

तपाईको प्रतिक्रिया