ए डिभिजन लिगः नेपाल पुलिस क्लब विजयी

नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजन जितका साथ सुरु गरेको छ । एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १ – ० ले पराजित गर्यो । पुलिसको जितमा अजित भण्डारीले निर्णायक गोल गरे । अजितले खेलको ३१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।  पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । सुमन लामाले छोटो फ्रिकिक लिँदै तेज तामाङलाई पेनाल्टी क्षेत्रको दायाँतर्फ पास दिए । तेजले सोहि पासलाई फार पोस्टमा क्रस गरे जहाँ अजितले सहजै गोल गरे ।

खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिए । जितसंगै पुलिसले ३ अंक जोड्दै लिगको सुरुवात गरेको छ । लिगमा भोलि हिमालयन शेर्पा क्लब र एपीएफ तथा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । हिमालयन शेर्पा र एपीएफबीचको खेल बिहान एघार बजे हुनेछ भने दोस्रो खेल तीन बजे सुरु हुनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया