एक हजार बढिलाई पाथीभरा सद्भावना दुत वितरण

ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले बुधबार एक हजार बढिलाई पाथीभरा सद्भावना दुत वितरण गरिएको छ । पाथीभरा मन्दिरलाई मुलुक कै एक प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्षका साथ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच एक हजार बढिलाई पाथीभरा सद्भावना दुत वितरण गरिएको प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारी लगायत एक हजार बढिले पाथीभरा सद्भावना दुत परिचय पत्र लिएका छन् । सांसद योगेश भट्टराई, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा भेटिपाती व्यवस्थापन समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्र्वद्धन समितिद्धारा ले पाथीभरा सद्भावना दुत परिचय पत्र वितरण तथा दशैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका थिए । गएको फागुन देखि पाथीभराको प्रचार प्रसार र विकासका लागि पाथीभरा सद्भावना दुत वितरण कार्य थालनी भएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया