नेकपाको अधोगती

२०७४ को बिजया दशमीको परिकारको स्वाद नसकिदै नेपाली राजनितिमा अर्को नया स्वाद थपियो त्यो थियो नेपाली कांग्रेस संग संगै सत्तामा रहेको र स्थानीय निर्वाचनमा कांग्रेस संग गठबन्धन गरि निर्वाचनमा भाग लिएको तत्कालिन माओबादिको तत्कालिन एमाले संग चुनाबि गठबन्धन संगै पार्टी एकता गर्ने घोषणा । लामो समय देखिको नेपाल कम्युनिस्ट हरुको टुटफुटको राजनिती र यस्ले नेपाली राजनितिमा पारेको प्रभाव अस्थिर सरकार जुन यस दुई भिमकाय पार्टीको गठबन्धन र पार्टी समेत एकता गर्ने उद्घोषले आम नेपालीमा खुसीको सञ्चार छाएको थियो ।

सबैले सोचे जस्तो दुई पार्टीको गठबन्धनले बहुमत सहितको मताधेस पाएर सरकार बनाउने अबसर प्राप्त भयो । विभिन्न अप्ठ्यारा हरु चिर्दै गठबन्धनले पुर्णता पाएर दुई पार्टी हरु एक भएर जनताको आश लाई जोगाई सच्चाइमा बदली एक पार्टीको रुपमा नेकपा आयो । सबैभन्दा ठूलो दलको हैसियतले र गठबन्धनले बहुमत ल्याएको हुदा तत्कालीन एमालेका अध्यक्ष केपि शर्मा ओलि आफ्नो जिबनको दोस्रो पटक प्रधानमन्त्री बने ।

उनि प्रधानमन्त्री नबन्दै उनलाई छिमेकी देशबाट प्रधानमन्त्रीको सुभकामना आइ सकेको थियो । प्रधानमन्त्री बनेको धेरै नबित्दै प्रधानमन्त्री ओलि भारत भ्रमणमा गए प्रधानमन्त्री ओलिलाई छिमेकी मुलुक भारतले अगिल्लो पटक प्रधानमन्त्री हुदा भन्दा बडि महत्व दिएर स्वागत गर्यो । स-साना कुरामा खुसीले रमाउने ओलिलाई अरु के चाहिएको थियो र उन्लाई लगभग एतिले नै पुगेको थियोे । रेल मार्ग , जलमार्ग जस्ता कुरा हरुमा सम्जौता गरि ओलि नेपाल फर्किए ।

खेमराज दाहाल

ओलिमा भारतले उन्ले सोचेे भन्दा बडिको आतिथ्यले प्रधानमन्त्री ओलिको पारो निकै माथी पुगि सकेको थियो । त्यस पछि उत्तरी छिमेकी मुलुक चिनको भ्रमण पछि ओलिको माथिको चडेको पारो आफुले थाम्न नसक्ने अबस्थामा आई पुगेको थियो । त्यस पछि प्रधानमन्त्री ओलिले आफ्नो छेउछाउ केही देख्न छाडी सकेका थिए । दुई देशको भ्रमण सम्म ओलि र नेकपामा खासै टिप्पणी र आलोचना गरि हाल्नु पर्ने कुरा केही थिएन ।

दुई देशको भ्रमण पश्चात ओलिको अभिव्यक्ति काम गर्ने शैलीमा अत्याधिक परिवर्तन आयो । गोमन सापले आफ्नो साम्ने आउने जति सबै चिज लाई निले झै ओलिले आफ्नो सामुन्ने आउने जति सबैलाई टिक्न नदिने जस्तो गरि अभिव्यक्ति र क्रियाकलाप गर्न लागे ।

अपरिपक्क अभिव्यक्ति, काठमाडौंमा निषेधित क्षेत्र घोषणा, बालकृष्ण ढुंगेलको रिहाई, प्रतिपक्षी प्रति क्रुर असहिशुष्ण जस्ता कार्य उन्मा बड्दै गयो । सुन काण्डमा सरकारको निरिहता, यस्मा उनले दिएका अभिव्यक्ति, काठमाडौँका खाल्डाखुल्डी सडक मर्मतमा तदरुकता नदेखाउनु , त्यस्को साटो आफुले खाल्डाखुल्डी नबनाएको जस्ता बचपना अभिव्यक्तिले जनतामा निराशा मात्र छायो ।

बाढीपहिरो बाट ठुलो जनधनको क्षेती हुँदा पनि खेलाची सम्झिने आफुले पानी पारेको नभएको अभिव्यक्ति दिने जस्ता गैर जिम्मेवार पुर्ण अभिव्यक्तिले नेकपालाई दिएको मत प्रती नगारिक आफैलाई पश्चाताप लागेको पाइन्छ ।

संघीय गणतन्त्र लाई तेति नरुचाएको जस्तो गर्ने प्रधानमन्त्री ओलि तेहि संघीयताको कार्यन्वयन बेला प्रधानमन्त्री बने । विभिन्न ऐन कानुनको कमि सरकारको संघीयता प्रतिको अरुचिले संघीय प्रणाली लाई नै अलमलमा पार्‍यो र पारेको छ । हरेक स्थानीय तहमा मन लाग्दी कर असुली प्रदेश सरकारको आफ्नै केन्द्रको आफ्नै हुदा सरकारले कुनैपनी कुरामा अहिलेसम्म प्रदेश वा स्थानीय सरकार संग संघीयता कार्यन्वयनको लागि समन्वय गरेर कर वृद्धि, कानुन हरुको निर्माण, योजना तर्जुमा हरुको बाडफाड गरेको छैन । र यस्मा प्रधानमन्त्री स्वयं उदास देखी रहेका छन ।

पार्टीमा अध्यक्ष द्वय हाबी

दुई अलगअलग धारका पार्टी एकीकृत हुँदै गर्दा यस्मा सैद्धान्तिक बहस बिह्घनम ढंगबाट हुनु पर्ने थियो त्यो भएन । नेताहरूले ठुलो पार्टी हुने ५ बर्ष सम्म निरन्तर सरकार सञ्चालन गर्न पाउने जस्ता कुरामा अल्झिएर माओवाद र जनताको बहुदलीय जनबादको सैद्धान्तिक बहसमा कहाँ नीर मेल खान्छ भनेर समिक्षा समेत नगरी पार्टी एकता गरे ।

स्वाभाविक रुपमा दुइ पार्टी हुँदै गर्दा पार्टी भित्र आफ्नो भुमिका प्रभाबशाली थियो दुई पार्टी एक भै सके पछि त्यो भुमिका नपाउनु तर ती हिजो उच्च भुमिकामा रहेका पार्टी भित्रका पदाधिकारी हरुको असन्तुष्टि लाई समेत नेकपा दुई अध्यक्षले नजर अन्दाज गरे । नेपाली राजनितिमा शिर्ष स्थानमा रहेको पार्टी एमाले बाट अध्यक्ष भएर प्रधानमन्त्री समेत भएका झलनाथ खनाल लाई पार्टी भित्र प्रभाव बिहिन जस्तै बनाइयो । भिम रावल इश्वर पोखरेल जस्ता ब्याक्तिलाई प्रभाव बिहिन बनाएर अगिल्लो बरियतामा पछाडि रहेका बिश्णु पौडेललाइ महा सचिब बनाइयो ।

प्रदेश मुख्यमन्त्री हरुको चयन देखिनै पार्टीमा अध्यक्ष द्वयको एकल निर्णय देखि पार्टी भित्र खटपट सुरु भएको थियो । पछिल्लो प्रदेश पदाधिकारी चयन बाट त यो खटपट सतहमा नै आयो । झलनाथ खनालको असन्तुष्टि लाई नजर अन्दाज गर्दै गरेको नेकपाले माधब नेपालको असन्तुष्टि लाई भने नजरअन्दाज गर्न सक्ने अबस्था रहेन । उन्ले त सांसदको रोस्ट्रम बाट नै सरकार र पार्टीको चर्को आलोचना गरे । आलोचना मात्र गरेनन आफ्नो अभिव्यक्ति लाई लिखित रुपमा पार्टी भित्र प्रवेश गराए ।

पार्टी भित्र अध्यक्ष द्वय हाबी हुँदै गर्दा प्रतिपक्षी झै खरो रुपमा उभिएका माधब नेपाललाई पार्टी भित्र योग्यता क्षेमता भएर पनि पछि पारिएका नेता कर्याकर्ताको साथ रह्यो । उन्ले पार्टी लाई मात्र नभएर सरकारको कार्य लाई समेत प्रश्न गरे । उन्को त्यो असन्तुष्टिले नेकपा भित्र दुई पार्टी मिलेको भएपनी अन्तर घुलित भै नसकेको प्रश्ट देखिन्छ ।

बारम्बार खराब तत्वले पार्टी लाई एकीकरण हुन नदिन प्रयास गरि रहेको अभिव्यक्ति दिने प्रचण्डको त्यो निशाना काहीं ती खराब तत्व माधब नेपाल पक्ष नै त हैनन सवाल खडा भएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री पार्टीले सरकारको प्रतिरक्षा नगरेको भनिदै गर्दा नेपाल बाट नै रोस्ट्रम बाट सरकारको आलोचना हुनु पार्टी भित्रकै असन्तुष्टि रहेको मानिन्छ ।

प्रचण्डको बड्दो नहत्वकांक्षा

केही समय अगि नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री तथा उनका अनुसार वटिङ प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड छिमेकी मुलुकको भ्रमणमा गए । भारतको भ्रमणको क्रममा उन्ले ५ बर्षे कार्यकालमा आदिआदी सरकारको नेतृत्व गर्ने सहमति भएको बताए । यस्तै अर्को एक नेपालकै टेलिभिजनको कार्यक्रममा मुलुकको कार्यकारी रास्ट्रपति हुने इच्छा रहेको बताएका थिए ।

दुई तिहाईको सरकार हुदा पनि सरकार निरीह बन्न परेको, सरकार लाई कसैले नटेरेको, सरकारको प्रतिरक्षा गर्न प्रधानमन्त्रीले बारम्बार पार्टी पंक्ति लाई आग्रह गरेको र दोस्रा अध्यक्षले समेत सरकारको काम कामकारबाहीमा आफू असन्तुष्ट रहेको बताउनुले काहीं प्रचण्ड यो सरकारलाई असफल पारेर आफ्नो महत्वाकांक्षा पूरा गर्न संसदीय ब्याबस्था लाई असफल पारेर प्रत्यक्ष रास्ट्रपतिय प्रणालीको लबिङ गरि रहेका त छैनन् भन्ने आसक्ति समेत उठेको छ ।

राजनितिलाई सम्भावनाको खेल मान्ने प्रचण्डले लगभग ३/४ महिना पहिले पार्टी एकीकरण लाई लिएर यो पनि मलाई सहज नलागे अर्को फड्को हान्न पनि पछि नपर्ने बताएका थिए के त्यो फड्को प्रचण्डको ओलि सरकारलाई असफल पारी संसदीय ब्याबस्थालाई गलत देखाइ रास्ट्रपतिय प्रणालीमा जाने त थिएन ?

बामदेबको संसदमा पुनरागमन

पार्टी पंक्तिमा निकै माहिर खेलाडीका रुपमा परिचित बामदेब गौतमलाई फेरि संसदमा ल्याउन निकै कसरत गरिनुको पछाडि कुनै न कुनै रुपमा नेकपाको ठूलो राजनितिक स्वार्थ हुन पर्छ । जनताबाट अनुमोदित जनप्रतिनिधि लाई राजीनामा गराई राज्यकोषको चरम दुरुपयोग गर्दै पुनः निर्वाचन गराउन उद्दत हुनु नेकपाको लोकतन्त्र प्रतिको दृष्टिकोणमा समेत प्रश्न उठाएको छ ।

यदि संसदमा बामदेबको उपस्थिति नेकपालाई खड्किन्थ्यो भने समानुपातिक पद्धति बाट पनि उन्लाई संसदमा उपस्थित गराउन सकिन्थ्यो तर त्यो नगरी जनता बाट तिरस्कृत भै सकेका एक अमुक ब्याक्ती लाई जनताबाट अनुमोदित ब्याक्तीलाई प्रतिस्थापन गर्दै बामदेब लाई संसदमा ल्याउनुले नेपाली राजनितिमा आउने दिन सुखद नहुने देखिन्छ ।

नेकपाले पार्टीको प्रभाबशाली नेता नारायण काजीका लागि कहिले सोचेन तर बामदेबका लागि मात्र सोचिनु अबस्य कुनै रहस्य रहेको बुजिन्छ ।

जनताको आशमा तुषारापात

दुई कम्युनिस्ट पार्टीको एकता त्यस बाट पाएको जनमत, निर्वाचनका बेला दिएको भरोसा आज नेकपाले चटक्कै बिर्से जस्तो गरेको छ । बड्दो महङ्गी, कालोबजारी, पेट्रोलियम पदार्थको मुल्य वृद्धि , सुन काण्ड, आम नागरिक लाई दिईनु पर्ने शान्ति सुरक्षा , सुशासन जस्ता कार्यमा नेकपाको सरकार पुर्ण रुपमा असफल रह्यो ।

बिकास समृद्धिका लागि काम चोर ठेकेदार हरुलाई कारबाही, यातायात सेण्डिकेट, जस्ता कुरामा सरकारले आफू लाई कमजोर भएको देखायो केही गर्न नसक्ने बतायो । बलात्कार, हत्या जस्ता घटनाका अपराधी लाई कारबाही गर्नुको सट्टा सरकारले आफै तिनिहरुको संरक्षण गरेको जस्तो आभास जनतामा परेको छ ।

खाद्यान्न सामान हरुको मूल्य वृद्धिले आकाश छुदा समेत सरकार आफुले बडाएको नभएको भन्दै बरु त्यस्का आलोचक आइ अरिंगाल बनेर डस्न उद्दत गर्दै छ । जनताका गुनासा हरुको सुन्नु त कहाँ हो कहाँ तिनिहरुको मुख बन्द गराउन नेकपा सरकारले कार्यले हैन कार्यकर्ता खटाएको छ ।

निकै चर्चामा रहेको निर्मला हत्याकाण्डमा प्रधानमन्त्री स्वयं अपराधी बचाउ गर्ने पक्षमा देखिए भने नेकपाका दोस्रा नेता भिम रावल पनि । नेकपाको सरकार पछि दिनानुदिन यसरी हत्या हिंसा बड्दै जानु लाई सरकार लाई बदनाम गर्न गरिएको जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिनु जनता प्रति सरकार कतिपनी उत्तरदायी नभएको देखिन्छ । जनताका हरेक आबश्यकता लाई निर्वाचन ताका यो तिम्रो समस्या हैन मेरो समस्या मान्ने ओलि नेकपा अहिले जनताका समस्या आफुले लेइदेको नभएर आफैले सिर्जना गरेको र आफैले समाधान गर्नु पर्ने बताउँछन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया