राजपाले छठसम्म पर्खने

काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ । राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए । भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् । आजको नागरिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘प्रधानमन्त्रीज्यूले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसैले हामीले दसैं, तिहार, छठसम्म पर्खने निर्णय गरेका छौं ।’

Purbeli TV

तपाईको प्रतिक्रिया