रसिया पठाउने भन्दै ४५ लाख ठगी

काठमाडौं / रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् । उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया