दक्षिण अफ्रीकाद्वारा जिम्बावे पराजित

जिम्बावेविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे १७.२ ओभरमा अल आउट हुँदै मात्र १ सय २६ रन बनाउन सक्यो । उसका लागि पिटर मुर ४४, ब्रेन्डन टेलर १९, ब्रान्डम मभुता २८, सेन विलियम्सले २१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बाब्बेका ४ जना ब्याटम्यानले खाता सम्म खोल्न नसकि पेभिलिएन फर्किए । जिम्बाब्बेलाई सस्तैमा रोक्न इमरान ताहिरले घातक बलिङ गरे । उनले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै एन्डिल फेहेलुकवेओ र जुनियर डालाले समान दुई विकेट लिए । ताहिरले चौथो ओभरको पहिलो बलमा मासाकाड्जा र दोस्रो बलमा मुसाकान्दालाई आउट बनाएका थिए । ताहिरको तेस्रो बलमा विलियम्सले चौका हानेका थिए । त्यसअघि दोस्रो ओभरको चौथो बलमा नै ताहिरले चिबाबालाई आउट बनाएका थिए ।

चौथो ओभरमा आएका जस्तो हृयाटि्रकको अवसर ताहिरले १२ औं ओभरमा पनि पाएका थिए । १२ औं ओभरको चौथो बलमा विलियम्सलाई आउट गरेका उनले पाँचौ बलमा चिगुमबुरालाई आउट पारेका थिए । अन्तिम बलमा ताहिरले फालेको गुगली बल आउट साइड एजमा लागेर जोगिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६० रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले ५६ रनको अर्धसतकिय इनिङस खेले ।

त्यस्तै डेभिड मिल्नरले ३९ रन जोड्दा कप्तान फाप डु प्लेसिसले ३४ रन जोडे । जिम्बावेका केली जार्भिसले ३ विकेट लिए । जितसंगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १ – ० को अग्रता बनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया