राउतलाई मुद्दा दायर गर्ने तयारी

काठमाडौँ । स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ । आइतबार पक्राउ परे लगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको समय दिएको थियो ।

पटक पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले राउतलाई छाड्न आदेश दिँदै आएको थियाे। योपटक भने राउत थुनामै रहेकाबेला प्रमाण जुटाएर राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न लागिएको प्रहरीले बताएको छ । स्वतन्त्र मधेशको पक्षमा राउतले भड्किला वक्तव्य दिने र गतिविधि गर्ने आरोप प्रहरीको छ । राउतले संविधान जलाउनेदेखि सैन्य दस्ता खडा गर्ने जस्ता कार्य गरेको प्रहरीको भनाइ छ। नयाँ मुलुकी ऐनमा व्यवस्था भएअनुसार राज्यविरुद्धको अपराधमा राउतलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया