‘एकको दुई’ बनाइदिने सपना देखाएर करोडौँ ठगी

मोरङ । पुर्वी नेपालका झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रका दर्जनौ सर्बसाधारणलाई ठगेर एक ब्यत्तिले बिल्लीबाठ पारेका छन । दोलखा पाभर्टी–३ का दिनेश कोइरालाले बिभिन्न प्रलोभनमा पारेर उनीहरुलाई ठगी गरेका हुन । कोइरालाले ‘एकको दुई’ बनाइदिने सपना देखाउँदै सर्बसाधरणहरुको करोडौं ठगेका हुन् ।

कोइरालाले सामुहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ देखाएर करिब दुई दर्जन सर्बसाधरणहरुलाई ठगेका छन । दोलखाका कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्बसाधरणहरुलाई यसरी ठगेका हुन् । कोइरालाले मोरङको कानेपोखरी जहदाका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेड करोड, इटहरी–५ सुनसरीका सहदेब गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिबलाल पुरीबाट ९९ लाख ठगेका छन ।

यसैगरी दुर्गापुरी राजघाट—८ मोरङका विष्णु धिमालबाट डेड करोड ठगेका छन, इटहरी—४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका रिता मगरबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दिपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दुर्गा धिमालबाट ४० लाख सिजुवा—२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन, इटहरी—८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका छन्, झापका सोले धिमालबाट ५० लाख ठगेका छन्, इटहरी—४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन, उर्लाबारी राजघाट—८ मोरङबाट घरबार नै उठेको छ, काँडाघारी—४ भक्तपुरका रामकुमार थापाका ४ करोड ठगेका छन, इटहरी, सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख ठगेका छन् ।

अधिकांश सुकुम्कासी र सोझासिधा गाउँले मात्र नभएर टाठाबाठा मानिससमेत उनको चंगुलमा फसेर यतिबेला घरनाघाटको बनेका छन । उनीहरूले कोइरालाले फसाएको त्यतिबेला थाह पाए जतिबेला आफ्नो जायजेथा गुमिसकेर बैङ्कमा जग्गा धितो राखे बापत एक रुपैयाँ समेत हात परेन् । कोईरालाले अहिलेसम्म ५० करोड भन्दा बढी रकम ठगी गरिसकेको पिडितहरु बताउँछन । इटहरीका सहदेव गुरुङले विदेशमा १७ वर्ष दुःख गरेर जोडेको घर अहिले व्यक्तिको महँगो ब्याजमा बन्धक छ ।

उनले दुःख गरेर बनाएको एक तले घर कोइरालाले केही दिनमै झ्वाम्म पारिदिए । करिब एक करोड मूल्यको घर ४० लाख धितोमा राख्न लगाई ४ वर्ष बितिसक्दा पनि फिर्ता गरेका छैनन् । अहिले कोइरालाले नीमी भट्ट नाम गरेकी एक धनाढ्य महिलालाई बिजिनेश पार्टनर बनाई ठग्न लागेको स्रोतले बताएका छन् । कोइरालाको ठगी धन्दामा श्रीमती सीता कोइरालाको पूर्ण साथ रहेको यशोदा भट्टराईले बताइन् । उनले आफू भाउजू बनेर सोझा नारीहरूलाई श्रीमानको ठगीमा सहयोग गर्ने गरेका छन् ।

कोइरालाको ठगीमा परेका पीडितहरू प्रहरीमा उजुरी दिएमा मार्ने धम्की दिने गरेको पिडित दीपा धिमालले बताइन् । पीडित सहदेव गुरुङ भन्छन, ‘दिनेश कोइरालाले पीडितहरूको नम्बर दिएर अन्य विभिन्न व्यक्तिमार्फत डर धम्की देखाउन लगाएका छन, कोइरालाको धम्कीका कारण पीडितले चाहेर पनि केही गर्न सकिरहेका छैनन् ।’

को हुन् कोइराला ?


दोलखा पवटी गाविस–३ स्थायी घर भएका कोइराला नेपाली काङ्ग्रेस दोलखाका पुर्व पार्टी सभापति तारा कोइरालाका छोरा हुन् । ८ कक्षा पढ्दा–पढ्दै सीता भुजेलसँग प्रेम विवाह गरेका कोइराला परिवारको इच्छा विपरीत अन्तरजातीय विवाह गरेकाले भागेर काठमाडौं गएका हुन् । काठमाडौंं आएर पेप्सीकोलामा डेरा गरेर होटेलमा भाँडा माझ्दै केही समय जीवन गुजारा गर्थे ।

होटेलको कामबाट असन्तुष्ट उनी ज्यामी पेसामा छिरे । ज्यामी काम गर्दागर्दै घर जग्गा कारोबारसम्बन्धी ज्ञान सीप बटुलेका उनले आफ्नै भेना गोपी दाहालका दुई वटा घडेरी विभिन्न बहानामा आफ्नो नाममा पारे । त्यहीबाट उनी ठगी धन्दा हौसिएको देखिन्छ । अहिले कोइरालाको ठगी धन्दा पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ । ठगीबाट करोडौँ रकम कमाएका उनी
अहिले महँगो कार र सुविधा सम्पन्न भवनमा बस्ने गरेको जानकार बताउँछन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया