यसरी भएको थियो मेरो बलात्कार,एउटा वास्तविक दर्दनाक पीडाको दिन म कहिल्यै भुल्न सक्दिन

प्यारी मामु,

खै कहाँ बाट र कुन शब्द बाट सुरु गरौ,

कसरी भनौ,

म दोधारमा छु भनौ कि नभनौ भनेर. तर.. तर मामु आज म भन्न बिबश छु,बाध्य छु ..

त्यो दिन,जुन दिन म पढ्न भनेर घरबाट निस्किए र साथिको घरमा गएर दिन भरी साथी सङ्गै मिलेर पढियो,रमाइला कुराकानी गरियो।जब साझ पर्न लाग्यो,म साथिको घरबाट निस्किए र साइकल चलाएर घर तिर आउदै थिए।म साथी को घरबाट अलि टाढा आइपुगेकी थिए।म भन्दा अलि पर बाटोमा २/३ जना पुरुश मान्छेहरु म तिर आउदै हुनुहुन्थ्यो।

म आफ्नै साइकलको बेगमा अगाडि बढ्दै थिए।जब म उहाहरुको नजिकै बाट पास हुँदै थिए,अगाडि आएर बाटो छेक्नुभयो।म आफ्नो साइकल को गति अलि कम गरे र रोके अनि भने, “किन रोक्नुभएको?” एक जनाले म तिर हेर्दै भन्न लाग्नु भयो, “नानू,चक्लेट खान्छौ?” मैले”नाइ” भनेर साइकल अगाडि बढाउन खोजे।फेरि अर्कोले भन्न लाग्नुभयो, “रोक न रोक,किन हतार गरेको?” मैले भने,”घरमा मामुले छिट्टै घर आइज भन्नू भको छ।पढ्दा पढ्दा केही समय त ढिला भैसक्यो। अझै ढिला गरे भने त मामुले धेरै गाली गर्नुहुन्छ।” एउटाले हास्दै भन्यो,”नआत्तेउ न,हामी पुर्याइदिउला नि” “भयो पर्दैन,म पुगिहाल्छु नि भन्दै म अगाडि बढ्न थाले।” यत्तिकैमा तिनै जना मेरो साइकल वरिपरि घुम्न थाले। म भित्र कताकता डरको आभास भएको थियो।साझको बेला,एक्लै,जङ्गलको बाटो त्यसरी ३ जना वरिपरि घुम्दा मुटुले आफ्नो ठाउँ छोडिसकेको थियो। एक जनाले म तिर हेर्दै भन्न थाल्यो, “आज त राम्रै हात लाग्यो जस्तो छ नि”, अर्कोले पनि उस्को कुरामा सहमतिको भाबमा टाउको हल्लाउदै अ भन्यो।

म अचम्मित थिए,के कुरा गरेको होला भनेर उनिहरुको मुखतिर हेर्दै थिए। यत्तिकैमा एक जनाले पछाडि बाट मेरो साइकलमा धक्का दियो।म साइकल सङ्ग-सङ्गै भुइमा लडे। म उठेर साइकल उठाउन खोजे,”उठ्दा बित्तिकै एकजनाले दुबै हात समात्यो अनि अर्कोले खुट्टा समातेर झ्याङ्ग्कुटी पारे।

“म चिच्याउन थाले,”के गर्नु भएको मलाइ,किन उठाउनु भको?” म मामु-मामु भन्दै चिच्याउन थाले,बचाउ-बचाउ भन्दै रुन थाले।त्यो सुनसान ठाउमा मेरो आवाज सुन्ने ती रुख-बिरुवाहरु बाहेक सायदै कोहि थिएन।म रुदै थिए,चिच्याउदै थिए।ती पापिहरुले मलाइ उठाएर जङ्गल तिर लगे।केही पर लगेपछी मलाइ भुइमा सुताए।

म अझै पनि चिच्याउदै थिए,उठेर भाग्न खोज्दै थिए।कोहि त सुन्देला मेरो आवाज भनेर।तर एक जनाले मेरो मुख बन्द गरिदियो अनि अर्कोले लुगा खोल्न थाल्यो,एउटाले भन्दै थियो, “पहिले मेरो पालो!” म आत्तिए,म रोए,मेरा आँखा बाट बलिन्धारा आँसु बगिरहेका थिए,रुदा अनि चिच्याउदा घाँटी बसेर आवाज पनि नआउने भइसकेको थियो।मेरो शरीर कापिरहेको थियो,मुटुको धड्कन एकदम छिटो-छिटो बढिरहेको थियो,। ती पापिहरुले मेरो आवाज के सुन्थे र! सिंह ले मासु लुछेझै ती पापिहरुले मेरो शरीर लुछ्न थाले।

मेरी मामु, म लुटिए, मेरो इज्यत लुटियो, ती पापीहरु म-माथी होमिए, मेरो शरीर लछारपछार पारे, जे नहुनु पर्ने थियो त्यही भयो,मेरो अगाडि मानब हैन,मानव रुपि दानव हरु थिए। म निशब्द भए, मेरि मामु म चल्न नसक्ने भए। धेरै समय पछि ती पापिहरुले मेरो शरीर लाई छोडिदिए।अझै पनि आशा थियो,म घर फर्केर हजुर सङ्ग भेट्न पाउछु भन्ने तर, एक जनाले भन्यो, “यसलाइ यत्तिकै छोड्नु हुदैन है!”

म झसङ्ग भए र म उठेर भाग्न खोज्दै थिए तर मामु एक जनाले मेरो घाँटी दबायो।म अताल्लिए,सास फेर्न गाह्रो भयो,म मामु मामु भन्दै चिच्याउन खोजे तर अह ती पापिहरुको अगाडि मेरो केही लागेन।मेरो अगाडि एक्कासी अन्धकार छायो।

ऋतिक खरेल { गुल्मी }

तपाईको प्रतिक्रिया