आर्थिक लेनदेन नमिल्दा महिलाको अपहरण, प्रहरीले गर्यो सकुशल उद्धार

इटहरी । इटहरीबाट अपहरणमा परेकी एक महिलालाई प्रहरी सकुशल उद्धार गरेको छ । इटहरी ११ स्थित रिलायन्स स्पिनिङ मिलमा कार्यरत महिलालाई मंगलबार मोरङ सुन्दरहरैचा १ का मोहन पोखरेलले अपहरण गरि मोरङकै झोराहाटमा राखेका थिए । अपहरणको सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश प्रहरीको ब्यूरोको संयुक्त टोलीले झोराहाटको एक घरबाट उनलाई सकुशल उद्धार गरेको हो ।
अपहरण गर्ने पोखरेल घटनास्थलबाट पक्राउ परेका हुन । उनलाई अपहरण तथा शारिर बन्धक मुद्धामा म्याद थप गरि थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अपहरण गर्ने पोखरेल र महिलाबिच आर्थिक लेनदेनको बिवाद रहेको बताइएको छ ।
महिलालाई रिलायन्सदेखि इटहरीसम्म बसमा ल्याएर इटहरीबाट प्राईभेट भेन प्रयोग गरि झोराहाट पुराइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्ना रहेकाले उनिहरुको समेत खोजी भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया