तीज पर्व : संस्कृति कि विकृति ?

म सानै उमेरमा आमासँग मावल गएको थिएँ तीजमा । आमाले मावलमा तीज पर्व मनाउदाँ दर खाने दिन (हरितालिका तीज वर्तको अघिल्लो दिन) दहि, घिउ, कांक्रा, आलु र मटरको अचार सँग रातो चामलको भात खाएको झझल्को अहिले जस्तो लाग्छ । त्यसलाई दर भनिन्थ्यो । दर खाएपछि हामी नाचगान गरेर सुत्थ्यौँ र राती ११ बजेतिर पुन : उठेर मामाहरुले दर पकाउनुहुन्थ्यो हामी आमा, सानिमाहरु सँगै खाएर सुत्थ्यौँ । विहान आमा, सानिमाहरु नुहाएर पुजाआजा गर्नुहुन्थ्यो, दिनभर वर्त लिएपछि नाचगान गरी साँझमा बाको अनुमतिमा पानी मात्रै खानुहुन्थ्यो । अब त्यो दिनको सम्झनामा मात्र रहन्छ सायद । त्यो कुरा नवपुस्ता अथवा सहरमा सुनायो भने बनावटी भाषण मात्र हुन्छ अहिले । अर्थात्, भनौँ नवपुस्तालाई यस्ता कुराहरु पच्दैन ।

पहिलेको तीज इतिहाँस नै साबित हुन खोज्दैछ । आधुनिक युगले तीज पर्व जोखिममा पर्दै गइरहेको कुरा भने कुनै नौलो रुपमा छैन । यसका ज्वलन्त उदाहरणहरु प्रसस्तै रहेका छन् सहर बजारमा । तीजको संस्कृति हराएको अथवा मौलिक पन पलायन भएको अहिलेको तीजमा पाइन्छ । पहिलेको तीजमा माइतीले चेलीको घर गई माइतमा लिएर आएपछि दर खुवाउने प्रचलन थियो भने अहिलेको तीज भनेको सहरका विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा तीज पर्व मनाइरहेका छन् । भनौँ न संस्कृतिलाई विकृतितर्फ रुपान्तरण गरिरहेका छन् । महिना दिनअगाडि बाट नै तीज पर्व मनाउनु कति सुखद् ? तीज पर्व नमनाउनु भन्ने होइन । तर, तीजको नाममा भड्किलो खर्च गर्नु, नवपुस्तामा नकारात्मक असर पर्ने गरी पर्व मनाउनु हुँदैन भन्ने कुरा मात्र हो । अहिलेको संस्कृति भनेको विकृतितर्फ मोडिरहेको उदाहरणहरु एक दुई मात्र होइन सयौँ रहेका छन् । पुराना पुस्ताले सिकाएको संस्कृतिलाई नै भुलेर यसलाई विकृति बनाउनु हुन्न भन्ने व्यक्तिगत धारणा मात्रै हो मेरो । यहाँ तीजको नाममा एक महिना अगाडिबाटै दर खाने, भोज भतेर, मादक पदार्थ तथा तीजको नाममा देखासिकी प्रवित्ति हावी भएको छ ।

तीज पर्व एक महिना अगाडिबाटै मनाउने गरिन्छ भने आउँदै गएको अथवा भनौँ गत साल गएको तिहार पर्व भाइटीका सकिएको एक महिना पछिसम्म देउसीभैलो खेल्ने गरेका कारण हाम्रो मौलिक संस्कृति विकृति तर्फ त मोडिरहेको छैन ? यो एकदमै सोचनीय विषय हो ।

तीज पर्व एक महिना अगाडिबाटै मनाउने गरिन्छ भने आउँदै गएको अथवा भनौँ गत साल गएको तिहार पर्व भाइटीका सकिएको एक महिना पछिसम्म देउसीभैलो खेल्ने गरेका कारण हाम्रो मौलिक संस्कृति विकृति तर्फ त मोडिरहेको छैन ? यो एकदमै सोचनीय विषय हो । आफ्नो परम्परा, रीतिरिवाज, संस्कृतिको जर्गेना गर्नु हाम्रै कर्तव्य हो । तर, आफ्नो संस्कृतिलाई नै भड्किलो बनाउँदा भने आगामी पुस्ताले हामीबाट के सिक्ने ? तीज पर्वको नाममा विकृतिका गीतहरु युट्युवमा प्रसस्त छन् । युट्युवमा तीज गीत भनेर सर्च गर्ने हो भने आफ्ना बा–आमासँग बसेर सुन्ने, हेर्ने भन्दा बिरलै भिन्नता पाइन्छ । हामीले अब तीजका गीत, रीतिरिवाज, संस्कृतिलाई जोगाउने खालका गीत मात्रै हैन अब केही बर्षपछि भने पुराना प्रचलनका संस्कृति हराउँदै आधुनिक तर्फ मोडिएको प्रसस्तै पाउनेछौँ । तीज पर्व महिलाहरुका लागी अत्यन्त ठूलो पर्व हो । त्यसो त नेपालीहरुका लागी सबै चाड उत्तिकै प्रिय रहन्छन्, छन् । तर, तीज पर्व भड्किलो बन्दै गएकोमा दुईमत भने छैन । केहीलाई भने आधुनिक तीज पर्व राम्रै लाग्ला तर, पुराना पुस्ताले यसलाई स्वीकार नगर्नेमा विमति छैन । पुराना पुस्ताले संस्कृति भड्किलो बनाउदै गएको कुरा अथवा अहिलेको तीज पर्वको भड्किलोलाई स्वीकार गर्दैनन् ।

त्यसो त सबै सहरका मानिसहरुले तीज पर्वलाई भड्किलो बनाएका छैनन् । केहीले तीजलाई विकृति नै बनाएका छन् भन्नमा कुनै हिचकिचाउनु पर्दैन । केहीले भने यो प्रवित्तिलाई सकारात्मक रुपमा लिएको पाइँदैन । तीज पर्वको नाममा स्वास्थ्य लाई मात्रै नभएर समाजलाई नै जोखिममा पारेको देखिन्छ । महिला दिदी बहिनीहरु आफ्नो पतिको स्वास्थ्य, दीर्घायु, तथा उनले चाहेका मनोकाङ्क्षाहरु पुरा हुन् भनेर वर्त बस्ने प्रचलन गएको देखिन्छ ।

मेरो भनाईले गलत अर्थ नलागोस् कि वर्त लिनैपर्छ भन्ने होईन, संस्कृतिलाई विकृतितर्फ रुपान्तरण नगरौँ भन्ने मात्र हो । सहरमा तीज पर्व भनेको एक दिन होइन महिनौँ अगाडिबाट खाने, नाचगान गर्ने मात्र होइन, आफ्ना नयाँ गहना सो गर्ने प्रचलन हावी भएको कुरा नौलो रुपमा सावित छैन । केही हुनेखाने मानिसमा सचेतनाको कमजोरीले गर्दा महंगा कपडा, गहना सो गर्दा गरीब, विपन्न, असहाय तथा कमजोर मानिसहरुलाई कति असर पर्छ भन्ने हेक्का राख्नुपर्छ कि पर्दैन ? यो विषय एकदमै सोचनीय विषय हो । एक जनाको कारणले गर्दा सम्पूर्ण समाज नै दुर्घन्धित अर्थात् गरीब, विपन्न मानिसहरुलाई नकारात्मक असर पर्ने गरेको छ । धनीहरुले गहना सो गरेका कारण गरीब तथा विपन्न मानिसहरुलाई पनि लाउने खाने रहर हुन्छ । सहरमा त महंगा कपडा नलगाए, गहना सो नगरे चाडपर्व नै आएजस्तो हुँदैन । तर, गाउँमा भने चाडपर्व अलिक भिन्न रहेपनि सहरको देखासिखीले गर्दा नकारात्मक सृजना पैदा भइरहेको छ । गाउँमा त अझै सरसापट चल्छ तर, सहरमा त्यो चल्दैन ।

महिलाहरुले तीजलाई विकृति बनाउने हैन, यस अवसरमा महिलाले आफ्नो अधिकार माग्नुपर्छ । महिलालाई महिला अधिकारकै बारेमा सामान्य जानकारी छैन भने तीज पर्वको नाममा देखावटी संस्कृति देखाएर मात्र हुन्न ।

पल्लो गाउँमा त गाउँलेहरु मिलेर दर खाए अथवा भोज गरे हामी नि खानुपर्छ भन्ने कुरा हाबी भइरहेको छ । यो एउटा प्रतिनिधि घटना मात्र हो । विहान हाँस्दै गह्रुगों झोला बोकेर स्कूल गएको छोरो बेलुका घर आउँदा किन निष्क्रिक्क पर्छ ? किनकि, उस्ले भन्छ, ‘ममि मेरो साथीको मा त पुलउ र मासु खाएको अरे हिजोँ, हाम्रोमा नखाने ?’ यसो भन्दै गर्दा त्यो गरीब आमाको मन रुनु, मौन हुनु सिवाय अरु के हुन्छ ? मेरो तर्क के मात्रै भने हाम्रो संस्कृति देखासिकी मा मात्र हैन, व्यवहारमा र संस्कृतिको जर्गेना गर्न तर्फ लाग्नुपर्ने हुन्छ भन्ने मात्रै हो । यो देखासिकीको बारेमा, गरगहना देखाउने अथवा पर्वलाई भड्किलो बनाइरहने विषयमा किन सरोकारवालाहरु, बौद्धिक मानिसहरु आवाज उठाउँदैनन् ? कि यीनिहरु नै यी कुरामा संलग्न छन् ? अब नेपाली महिलाहरुले तीज पर्वको नाममा भड्किलो बनाउनु भन्दा पनि समाजमा बढ्दै गइरहेका विकृतिलाई, विसंगतिलाई, सचेत गराउनुपर्ने देखिन्छ ।

अहिले आएको मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ मा महिलाको अधिकार सुनिश्चित गरिएकाले आफ्नो अधिकार जान्नका लागी महिलाहरुले आँफैबाट जागरुप हुनुपर्ने देखिन्छ । महिलाहरुले तीजलाई विकृति बनाउने हैन, यस अवसरमा महिलाले आफ्नो अधिकार माग्नुपर्छ । महिलालाई महिला अधिकारकै बारेमा सामान्य जानकारी छैन भने तीज पर्वको नाममा देखावटी संस्कृति देखाएर मात्र हुन्न । पछिल्लो समय दिनैपिच्छे बलात्कार, महिला हिंसा, हत्या, एकल महिलामाथी दुव्र्यवहार, बोक्सीको आरोप, लाग्ने गरेको छ यो तर्फ आवाज कहिले उठाउने ? बलात्कारीलाई फाँसीको माग मात्र गर्ने कि तीज जस्तो महत्वपूर्ण पर्वको जगेर्ना पनि गर्ने ? महिलाहरु सबल बन्नुपर्छ भन्ने कुरामा मेरो तर्क हो । महिलाहरु सबल बनुन्, तीज पर्व भड्किलो नबनोस् सबैमा शुभकामना ।

र, म यो लेख्दालेख्दै यतिबेला सम्झिरहेको छु – मावलबाट आमाको तीजको वर्त सकिएपछि आमासँग खोलाको बगरैबगर, रातोमाटोको बाटो उकाली, ओराली हुँदै घर आइन्थ्यो अब त्यो दिन कहिले आउँछ !

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

तरहरा जेसीज सप्ताह : पत्रकारले हराए जेसीजलाई

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

तपाईको प्रतिक्रिया