साफ फुटबलमा बिमलले गरे कीर्तिमानी गोल

साफ फुटबलमा नेपालका स्ट्राईकर बिमल घर्तिमगरले कीर्तिमान बनाउने क्रम जारि छ । युवा अवस्था बाटै निकै उत्कृस्ट फुटबल खेल्ने बिमलले यो प्रतियोगिता २ गोल गर्दै साफमा नेपालको लागि धेरै गोल गर्ने नेपाली खेलाडीमा बराबरी गरेका छन् ।
यो प्रतियोगिताको २ गोल संगै बिमलको गोल संख्या ४ पुगेको छ । उनि संगै ४ गोल  गर्ने खेलाडीमा हरी खड्का, अनिल गुरुङ र जुमानु राईको नाम रहेको छ । बिमलले सन् २०१३ को साफको डेब्यु खेलमा पाकिस्तानविरुद्ध पहिलो गोल गरका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै संख्या दुई पुराएका थिए । अब हुने सेमिफाइनल खेलमा गोल गर्न सके बिमल नेपालको लागि साफ फुटबलमा सर्बादिक गोल गर्ने खेलाडी हुनेछन् ।

तपाईको प्रतिक्रिया