बंगलादेशलाई हराउदै नेपाल साफ फुटबलकाे सेमिफाईनलमा प्रवेश

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ । विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए ।  सुनिल वललाई बंगलादेश डिफेन्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्रिकिकको अवसर पाएको थियो ।
खेलकाे अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गाेल गर्दै नेपालकाे जित सुनिश्चित गरे । सुनील थ्रु बलको पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे ।
यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । बंगलादेश र भुटान प्रतियोगिताको समुह चरणबाटै बाहिरिए ।

तपाईको प्रतिक्रिया