टयाङग्रा र टयाङग्रीको मुहान तालतलैयाबाट बिजुली निकाल्न सकिन्छ (भिडियो कुराकानी)

ईटहरी । प्रदेश १ को राजधानी दाबी गरिरहेको सुनसरीको ईटहरी २ र ३ मा अबस्थित प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र तालतलैयाबाट बिद्युत उत्पादन गर्न सकिने तालतलैया बिकास र संरक्षण समितिका अध्यक्ष बीरबहादुर लिम्बुले सम्भावना औँल्याएका छन ।

टयाङग्रा र टयाङग्री खोलाको मुहान समेत रहेको तालतलैयामा रहेका ५ वटा पोखरी जहाँ बाहै्मास जरुवा पानी उम्रिन्छ,त्यहि पानीको सदुपयोग गर्न सके बिद्युत उत्पादन गर्न सकिने उनको तर्क छ । पछिल्लो समय जेटबोट समेत सञ्चालन गरेर पर्यटक तानिरहेको सो क्षेत्र प्रदेश १ कै प्रमुख आकर्षक पर्यटकीय स्थल हो ।

बुढासुब्बा मन्दिर,फलामको आकाशे पुल,आर्कषक पोखरीहरु,जेटबोट,घुमाउने पोखरी,नागबेली पोखरी,ठुलो टयाङग्रा पोखरी,३३ वटा बिभिन्न देशका मुर्तिकारहरुले निर्माण गरेको ढुंगाको मुर्ति,बालउद्यान,घोडचढी,प्राकृतिक सुन्दरता र जैविक बिबिधता यहाँका मुख्य आर्कषण हुन । तालतलैयाको सम्भावना र आगामी योजनाका बिषयमा अध्यक्ष लिम्बु सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया