डेब्यू म्याचमा पानामा खाली हात, इङल्यान्डका ह्यारी चम्किए, स्वीडेन विजयी

इङल्यान्डका अधिकांश खेलाडी यसपालिको रुस विश्वकपमा नयाँ थिए । उनीहरूले विश्वकपमा मंगलबार बिहान सकिएको ट्युनिसिया विरुद्धको खेलबाट डेब्यू गरेका हुन । खेलाडीहरू नयाँ भएकाले अधिकांशले इङल्यान्डको खेल कस्तो हुन्छ भनेर चासो राख्नेहरू विश्वभर   थिए ।

यसरी चासो र आशंका राख्नेहरूलाई इङल्यान्डको युवा टिमले जवाफ दिएको छ । ग्रुप जी को इङल्यान्डले ट्युनिसियालाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ । इङल्यान्डका लागि दुवै गोल ह्यारी केनले गरेका हुन् । ११ मिनेटमा गोल गरेर इङल्यान्डलाई अग्रता दिलाएका थिए २४ वर्षे ह्यारीले । जसको जवाफ ट्युनिसियाले ३५ औँ मिनेटमा पेनाल्टी मार्फत दिएर बराबरी गरेको थियो। ट्युनिसियाले पाएको पेनाल्टीमा पाएको बललाई जाली चुमाएका थिए फेरजानी सासीले । त्यसपछि खेलको निर्धारित समय ९० मिनेटसम्म खेल बराबरीमै रोक्न सफल भयो ट्युनिसिया ।

जब इन्जुरी समय थपियो त्यसको पहिलो मिनेटमा ह्यारीले सुन्दर रुपमा बललाई ट्युनिसियाको पोष्टमा चुमाए। उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । त्यसको जवाफ दिन ट्युनिसियासँग समय नै थिएन र ह्यारी चम्किएको इङल्यान्ड विजयी भयो। खेलको म्यान अफ द म्याच पनि ह्यारी नै भए ।

विश्वकपमा सोमबार बेल्जियम र पानामाको प्रतिस्पर्धामा बेल्जियमको सानदार जीत भएको छ। विश्वकपमा डेब्यू गरेको पानामाले बेल्जियमबाट शून्यका विरुद्ध तीन गोलको पराजय बेर्होयो । बेल्जियमका ड्राइस मेर्टेन्सले ४७औँ मिनेटमा गोल गरेर खेललाई १(० अवस्थामा र्पुयाए। त्यसपछि लगातार रोमेलु लुकाकुले दुई गोल गरे ।

लुकाकुले ६९औँ र ७५औँ मिनेटमा गोल गरेका थिए। उनले सानदार गोल गरेर बेल्जियमलाई तीन शून्यको जीत दिलाए । उनी म्यान अफ द म्याच पनि घोषणा भएका छन्। यता, विश्वकपमा डेब्यू गरेको पानामाले भने खेल अवधिभर दर्शकको मनसम्म जित्न सकेन। उसले कतिपय नराम्रा ट्याकल गरेको थियो। पानामाका खेलाडीले विश्वकप २०१८ को कुनै पनि खेलमा यति धेरैपटक ननिस्केको एल्लो कार्ड निकाल्न बाध्य र्पायो ।

पानामाका ५ खेलाडीले पहेँलो कार्ड पाए भने १८ पटक फाउल गरेका थिए। त्यसो त बेल्जियमका ३ खेलाडीले एल्लो कार्ड र १७ पटक फाउल गरेका थिए। विश्वकप डेब्यू गरेको पानामाबाट राम्रो खेलको अपेक्षा गरेका दर्शकका लागि यो खेल सोचेअनुसार भएन। रुस विश्वकपबाट डेब्यू गरेको आइसल्यान्डको खेल हेरेका दर्शकका लागि यो खेल अपेक्षाकृत थिएन। आइसल्यान्ड विश्वकप डेब्यू खेलमा फुटबलको महारथी मानिने अर्जे्न्टिनालाई एक(एक गोलको बराबरीमा रोकेको थियो।

विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबारै भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औँ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्यो। गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।

कोरियाली खेलाडीहरूले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे। अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो। खेलमा दुवै देशका खेलाडीहरूले निकै मिहिनेत गरेका थिए। रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…