बेतना सिमसारको २० बर्षे गुरुयोजना

बेलबारी । प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक मोरङको बेलबारीमा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहले २० बर्षे गुरुयोजना तयार गरी अघि बढने भएको छ ।
गुरुयोजना निर्माणका लागी हरित नेपाल बिकास प्रा.लि काठमाण्डौ सँगको सहकार्यमा एक बिज्ञ समुह नै तयार गरी गुरुयोजना तयार पारिएको र गुरुयोजनामा बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको क्षेत्रभित्र रहेका सम्भावनाहरुको खोजी गरी त्यसलाई मुर्त रुप दिन सकेमा प्रशस्त सम्भावनाहरु रहेको र सोही आधारमा गुरुयोजना तयार गरिएको हरित नेपाल बिकास प्रा.लिका केशवप्रसाद अर्यालले बताए ।
प्रशस्तै सम्भावनाहरु रहेका कारण यस क्षेत्रलाई बिकास गरी अघि बढन सके यो देशमै नमुना बन्न सक्ने प्रशस्त आधारहरु रहेका कारण आफुहरु गुरुयोजना नै तयारी गरी अघि बढेको समुहका अध्यक्ष डम्बर बस्नेत बताउँछन ।

गुरुयोजना सम्बन्धी बेलबारीका राजनीतिक दल,संघसंस्थाका प्रतिनिधि,नागरिक समाज,सञ्चारकर्मी लगायत सँग पटक पटक छलफल र अन्तरक्रिया गरी प्राप्त सल्लाह र सुझावलाई समेत आधार मानेर गुरुयोजना अनुसार अघि बढने बस्नेतले बताए । बिहिबार समेत बन समुहले राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,बिषयबिज्ञ र बेलबारीका सञ्चारकर्मीहरु सँग छलफल र अन्तरक्रिया गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…