थाइल्याण्डका मन्त्रीसंग सुनसरीका पत्रकार ः बुद्ध नेपालमै जन्मेका हुन प्रमाणित गर्नै पर्दैन

इटहरी । भगवान बुद्धको जन्म स्थान र देशको विषयमा बिश्वमा भ्रम फैल्याई रहदाँ बुद्ध धर्मको बाहुल्यता रहेको थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरट भने बुद्ध नेपालमा जन्मेको बिषयमा जानकार रहेको बताएका छन् । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको एभिन्युजकर्मीको टोलीले राजधानी बैकंक स्थित पर्यटन मन्त्रालयमा मन्त्री कोवसुरट संग भेटघाट गर्ने क्रममा यस्तो बताएका हुन । बुद्ध धर्मको प्रचार प्रसारको लागि थाईल्याण्डमा जुन २६ मा अन्तराष्ट्रिय बुिद्धष्ट पर्यटन सम्मेलन हुने र सो सम्मेलनमा बिश्वका बीस वटा राष्ट्रको पर्यटनमन्त्रीहरुसमेतको सहभागिता रहने थाईल्याण्डस्थित पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

बुद्ध धर्मको अबलम्बन गर्ने बिश्वका बिभिन्न देशहरुलाई नेपालमा गौतम बुद्धको जन्म भएको जानकारी नभएको र त्यसको प्रचार प्रसारमा नेपाल सरकारको कमजोरी रहेको कारण बुद्धको जन्मस्थल सम्बन्धी भ्रम भएको देखिन्छ । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको टोलीसंगको भेटघाटको क्रममा थाईल्याण्डको पर्यटन क्षेत्रमा हासिल गरेको उपलब्धिको बारेमा मन्त्री कोवसुरटले छलफल गरेका हुन् ।

मन्त्री कोवसुरटले थाईलेण्डमा भएको पर्यटन बिकासको बारे जानकारी दिदै नेपालमा पनि राम्रो सम्भावना भएको बताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निरन्तर सफलता प्राप्त गरिरहेको थाईल्याण्डको अनुभवबाट नेपालले पनि सिक्न बिश्वास व्यत्त गरेका छन् ।मन्त्री कोवसुरटले पर्यटन क्षेत्रमा थाईलेण्डले मारेको फड्को बारे जानकारी दिदै पर्यटन बिकासका लागी सरकारले मात्र नभएर स्थानिय जनताको पनि ठुलो भुमिका रहने बताए । मन्त्री कोवसुरटले पर्यटन प्रर्वद्धनमा भौतिक संरचनाका साथै होटल व्यवसायीक क्षेत्रमा पनि ठुलो लगानि गर्नु पर्ने बताए ।

बिकासउन्मुख राष्ट्रको रुपमा रहेको थाईल्याण्डले पर्यटन क्षेत्रमा गरेको बिकासमा थाई सरकार सन्तुष्टि रहेको मन्त्री कोवसुरटले बताए । नेपालको सन्र्दभमा पत्रकार टोलीसंग कुरा गर्दै मन्त्री कोवसुरटले पर्यटनको राम्रो सँभावना भएकाले नेपाल सरकारले भौतिक तथा पर्यटन आकर्षण गर्न नायाँ शैलि अपनाए बिकास टाडा नभएको बताए । सो अवसरमा एभिन्युज टेलिभिजनका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलले पर्यटन प्रर्वद्धनको राम्रो सम्भावना बोकेको नेपालले पनि पछिल्लो समय पर्यटन बिकासमा गति लिएको बताए । पोखे्रलले नेपाल र थाईल्याण्ड बिच रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउदै दुबै देशको पर्यटन बिकासमा अगाडि बढन सकिने जानकारी गराए ।थाईल्याण्ड भ्रमणको क्रममा रहेको नेपाली पत्रकार टोलीलाई मन्त्रालयका अन्तराष्ट्रिय विभाग प्रमुख चान्चीले स्वागत गर्नु भएको थियो । सुनसरीका पत्रकारहरूको टोली केहि दिन अघि नै स्वदेश फर्कि सकेका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…