नेपाल अमेरिकासँग पाँच विकेटले पराजित

काठमाडौं / विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अाज भएकाे  अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ । दुबईमा भएको उक्त खेलमा नेपालकाे कमजोर व्याटिङका कारण नेपाललार्इ अमेरिकाले ५ विकेटले ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.१ ओभरमा ८९ रनमै अलआउट भएकाे थियाे। नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे । ओपनिङमा आएका दिलीप नाथले १६ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १२ र कुशल भुर्तेलले १० रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शरद भेषावकरको कप्तानीमा उत्रिएको नेपालले युवा खेलाडीलाई मौका दिएको थियो। दिलिपसँगै अनिलकुमार साह र कुशलले पहिलो रोजाइमा खेलेपछि ब्याटिङमा जम्म सकेनन्। कप्तान शरदसँगै अनिल शून्य रनमा आउट भएका थिए। नियमित कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भन्डारी र शक्ति गौचनलाई आराम दिइएको थियो। डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ।

तपाईको प्रतिक्रिया

Loading…