डिपो कपको उपाधी प्रहरीको पोल्टामा (तस्विरहरू सहित)

धरान /१४ औ ललित अम्बरडिपो कपको उपादधी पूर्व क्षेत्रीय प्रहरी स्कुल धरानले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा पूर्व क्षेत्रिय प्रहरी स्कुलले आइडल स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजीत गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हो । प्रहरीकातर्फवाट खेल सुरु भएको छैटौ मिनटमा अनमोल श्रेष्ठ, २२ औ मिनटमा सिदार्थ सिंह, मध्यान्तर पछि ९औ मिनट र ११ मिनेटमा विश्वास गुरु मेहेता र अन्तिम गोल दिपेस आलेले गिरेका थिए ।

विजेता टिमले  नगद १० हजार सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन । दोस्रो र तेस्रो हुनेले क्रमश नगद ७ हजार, ३ हजार, ट्रफि, प्रमाणपत्र र मेडल हात परेका छन । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रहरीका जोन वास्फोर, हाइस्कोरर आइडलका अनिल राई, वेस्ट गोेलकिपर आयोजक डिपोका सुसान श्रेष्ठ, वेस्ट डिफेन्स आइडलका प्रभुराज राई, उदयमान खेलाडि डिपोका उत्सव थापा मगर खेलको म्यान अफ द म्याच आइडलका अनिल राई, घोषित भएका छन ।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर तारा सुव्वा, डिपो स्कुलका व्यवस्थापन समिती अध्यक्ष श्रवणकुमार लिम्वु, पुर्व अध्यक्ष अम्वरवहादुर लिम्वु, स्कुल व्यवस्थापन प्रतियोगिता संयोजक भिमराज लिम्वु, डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले पुरस्कार वितरण गनर््ुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…