डिपो कप : पुर्व क्षेत्रिय प्रहरी स्कुल फाइनलमा

धरान  / डिपो स्कुलको आयोजनामा संचानल भइरहेको १४औ ललित अम्वर डिपो कपमा पुर्व क्षेत्रिय प्रहरी स्कुल र आइडल स्कुल फाइनलमा भिडने पकका भएको छ । वुधवार भएको सेमिफाइनल खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले आयोजक डिपो स्कुललाइ ४–० र दोस्रो सेमिफाइनल खेलमा आइडल स्कुलले नवज्योति स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ ।

आयोजक प्रहरी स्कुलका तर्फ वाट सेसनगुरु मेहताले खेल सुरु भएको दोस्रो मिनटमा गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए । ९औ मिनटमा प्रहरीकै जोन वास्फोरले गोल गठर्दै अग्रता दोव्वर वनाएका थिए । खेलको मध्यान्तर पछिे चौथो मिनटमा वास्फोरले थप गोल गोल गरे भने अनमोल श्रेष्ठले १०औ मिनटमा गोल गर्दै प्रहरीको जित निश्चित गरेका थिए । अत्यन्त्य प्रतिश्पर्धात्मक खेल भएको दोस्रो सेमिफाइनल खेलमा दोस्रो हाफको १७औ मिनटमा आइडलका अनिल राईले निर्णायक गोल गर्दै टिमलाई फाइनलको वाटो दोर्याएका थिए । पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच आयोजक डिपो स्कुलका सुसान श्रेष्ठ र दोस्रो खेलमा नवज्योति स्कुलका आर्यन वज्रचार्य धोषित भएका छन । उनिहरुलाई डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वुले ट्रफि प्रदान गरेका थिए ।

त्यस्तै गरि पहिलो चरणमा पराजीत टिमहरुको मात्र सहभागिता रहने प्लेट च्याम्पिमियनको सेमिफाइनल खेलमा सेक्रेट हर्ट स्कुलले पिसजोन स्कुललाई सडनडेथको आधारमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । सेके्रट हर्टको तर्फ वाट रिजन श्रेष्ठ, सन्देस तामाङ, किसान कटुवाल, कुसल पौडेल र दिवाकर शर्माले गोल गरेका थिए भने पिस जोनका तर्फ वाट क्रिष्टिज चौधरी, आयुस अधिकारी, अभिषेक चौधरी र निकेस दाहालले गोल गरेका थिए ।

दोस्रो खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । सो खेलमा होलिल्याडका तर्फ वाट सोचिन तामाङ, सिकुम लिम्वु र अभय शाहले गरेका थिए । भोलिको पहिलो डिपो कपको तेस्रो स्थानको लागि आयोजक डिपो स्कुल र नवज्योति स्कुल प्रतिश्पभर्धा गर्ने र प्लेट च्याम्पियनमा होलिल्याण्ड र सेक्रेट हर्ट विच फाइनल खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading…