धरानमा डिपाे कप : एकै दिन तिन खेल सम्पन्न

धरान / १४ औं ललित अमर डिपो अन्तर्गत अाइतबार भएको खेलमा पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, आइडल, पर्वत र नेपाल डिभिएम विजयी भएका छन् । धरान १८ डिपो माविको खेल मैदानमा भएको प्रतियोगितामा पुर्व क्षेत्रिय प्रहरी स्कुलले पिसजोन स्कुल इटहरीलाई ३ – ०, आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई २ – ०, पर्वत स्कलले सगरमाथा स्कुललाई टाइवेकरमा ३ – २ र नेपाल
डिभिएम इटहरीले आयोजक डिपो वि टिमलाई ३ – ० को गोल अन्तरले पराजित गरेका हुन ।

पहिलो खेलको म्यान अफ द म्याच पिसजोन स्कुल इटहरीका अविशेक चौधरी, दोस्रो खेलमा मेरिल्याण्ड स्कलका रोमन रनपैलि, तेस्रो खेलमा सगरमाथा स्कुलका गोलकिपर उज्वल मगर र अन्तिम खेलको म्यान अफ द म्याच डिपो स्कुलका गोलकिपर आदित्य लिम्वु घोषित भएका छन । उनीहरुलाई डिपो स्कुलका व्यवस्थापन समिति पुर्व अध्यक्ष ललित लिम्वुले ट्रफि प्रदान गरेका छन । भोलि
देखि सुरु हुने दोस्रो चरणको पहिलो खेलमा डिपो ए टिम र आवरहोम स्कुल र दोस्रो खेलमा इमान्युयल स्कुल र नवज्योति स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading…