गर्लफ्रेण्ड नर्सलाई प्रपोज गर्न अस्पताल भर्ना : आईसीयूमा सरप्राइज

एजेन्सी / प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भन्ने त उखानै छ । अमेरिकाको न्युजर्सीमा बस्ने एक व्यक्तिले यसलाई थप प्रमाणित गरिदिए । ३२ वर्षका थोमस सिआनसिया एक अस्पतालमा काम गर्छन् । उनले एउटै अस्पतालमा काम गर्ने लरेन नामकी नर्सलाई मन पराए । मन पराएको कुरा कसरी भन्ने ?

यदि लरेनले आफ्नो प्रेम प्रस्ताव अस्विकार गरिन् भने पनि मज्जा भएन । यसका लागि उनले अनौठो जुक्ति निकाले । उनले प्रेम प्रस्ताव राख्ने यस्तो प्रभावकारी तरिका अपनाए की लरेनले अस्विकार गर्ने कुरै भएन । थोमसले आफूलाई एलर्जीले सिकिस्त बनाएको भन्दै एम्बुलेन्स बोलाए ।

उनी यति गम्भीर बिरामी भएको नाटक गरे कि एम्बुलेन्समा हालेर उनैले काम गर्ने अस्पताल लगियो अनि आईसीयू कक्षमा उपचारका लागि भर्ना गरियो ।थोमसलाई थाहा थियो कि त्यस समयमा आईसीयूमा उनले मन पराएकी नर्स लरेन काम गरिरहेकी थिइन् । किनकी त्यस सिफ्टमा आइसीयूमा लरेनकै पालो पर्थ्यो ।

जब उनलाईर् स्ट्रेचरमा हालेर आईसीयूभित्र छिराइयो र स्ट्रेचर भुइँमा राखियो तब थोमस एकाएक स्ट्रेचरबाट जुरुक्क उठे र बिरामीलाई सहयोग गर्न भन्दै नजिकै आएकी लरेनको अगाडि घुँडाले टेकेर हात जोड्दै प्रेम प्रस्ताव राखे । स्थिति निकै भावूक थियो । लरेन पनि थोमसको प्रपोज गर्ने शैलीबाट अत्यन्तै प्रभावित भइन् । उनले तत्कालै प्रेम प्रस्ताव स्विकार गरिन् र अँगालो हालिन् ।अनलाइन खबरबाट

 

तपाईको प्रतिक्रिया