अन्तिम संस्कार गरेर पुर्ने ठाउँ नहुदा मृत बालकलाई कोशीमा बगाएको फोटो भाइरल भएपछि (फोटो कथा)

सप्तरी / सप्तरीको कोइलाडी– ६ का बालक  कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् ।

निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।

तस्बिर साभार : ईपीए

मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।

मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

                                                                                                       साभार कान्तिपुर

तपाईको प्रतिक्रिया

Loading...