बामगठबन्धन नेपालको आबश्यकता हो : प्रवक्ता भुषाल

भक्तपुर । नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन बिदेशीको इशरामा नबनेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निमार्ण गरेको र बिदेशीको इशरामा नबनेको बताउनु भयो ।

उहाँले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धमा आवद्ध भएका राजनीति दलहरुले आआफ्नो चुनाव चिन्ह लियर चुनवमा जान सक्ने समेत प्रष्टाउनु भयो ।वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचन अघि सरकार नछाडेने बताउनुभयो ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उहाँले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभइ छलफल जारी रहेको बताउनुभयो । उहाँले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Loading...