म्यादी प्रहरीमा युवाको आकर्षण

झापा / देशमा धेरै युवा युवती बेरोजगार छन् । माथिल्लो तहको शिक्षा आर्जन गरेर पनि निजी क्षेत्रमा समेत रोजगार पाउँन निक्कै कठिन छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आव्हान गरेको छ । निर्वाचनका लागि अपुग हुने जनशक्ति पूर्तिका लागि आव्हान गरिएको म्यादी प्रहरी भर्नामा झापामा युवाको आर्कषण बढेको देख्न सकिन्छ । १८ वार्षदेखि ५४ वर्षसम्मका व्यक्तिले फारम भर्न पाउँने भएपछि ४० कटेकाहरु प्नि युवाकै पंक्तिमा म्यादी प्रहरीका लागि फारम भर्न जिल्ला प्रहरी कार्यालय झापामा आएका छन् ।

म्यादीमा भर्ना हुनका लागि फारम भर्न जिल्ल प्रहरी कार्यालय झापा आउनुभएका शरणामतिका देवीप्रसाद सञ्जेलले वेरोजगारीकै कारण यो उमेरमा म्यादीमा भर्ना हुन आएको बताउनुभएको छ । त्यसो त देवीप्रसाद मात्र होइन उहाँ जस्ता अधिकांश वेरोजगारी मानिस म्यादी प्रहरीका लागि भर्ना हुन आतुर छन् । आफूलाई पनि केही होस् र देशका लागि पनि केही होस् भनेर म्यादी प्रहरीमा भर्ना हुन आएको बताउनुहुन्छ झापा गाउँपालिका निवासी विष्णुवहादुर माझी ।

स्थानीय निकायको निर्वाचन हुँदा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि शान्ति पूर्ण रुपमै सम्पन्न हुने विश्वासका साथ म्यादी प्रहरीमा भर्ना हुने युवाको संख्या झापामा अधिक छ । म्यादी प्रहरीका नेपाली नागरिक हुनुपर्ने, कुनैपनि नैतिक पतन नदेखिएको , फैजदार िअभियोगमा कुनै कसुर नठहरिएको, राजनीतिक दलको सदस्य नभएको शारीरिक तथा मानसिक तन्दुरुस्ती भएको हुनुपर्ने प्रावधान रहेको छ ।

शिक्षित वेरोजगार र म्यादी प्रहरीकै रुपमा भएपनि राज्यले सुम्पिएको जिम्वेवारी एउटा सक्षम नागरिक भएको हैसियतले निर्वाह गरु भन्ने सोचका साथ म्यादी प्रहरीमा युवाको आकर्षण बढेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेत । म्यादी प्रहरीका लागि आवेदन दिने युवाहरुले पछि सुरक्षा क्षेत्रमा प्रवेश गर्न सहयोग हुने भएकाले पनि म्यादीमा मन गएको बताएका छन् । फारम भरेका अधिकांश विद्यार्थीले भने आफ्नो पढाईलाई सहयोग पुग्ने र निर्वाचन सम्पन्न गर्ने आम नेपालीको दायित्व पूरा गर्न म्यादीमा भर्ना हुन चाहेको प्रतिकृया दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसीरमा दुई चरणमा सम्पन्न हुँदैछ ।

तपाईको प्रतिक्रिया

Loading...