हङकङले दियो नेपाललाई १ सय ९५ रनको लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले हुदै गरेको खेलमा हङकङले नेपाललाई १९५ रनको टार्गेट प्रस्तुत गरेको छ । टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको नेपालले हङकङलाई सुरुवात देखिनै दबाबमा राखेको थियो । हङकङले ४९.५ ओभर खेल्दै १९४ रन बनाउन सफल भयो । नेपालको लागि सन्दिप लामिछानेले ३ विकेट, वसन्त रेग्मी र करन के सि ले २-२ तथा सुसन भारीले एक विकेट हात पार्न सफल भए ।

हङकङ स्थित मोङ कङमा हुँदै गरेको खेलभए सानो आकारको मैदान प्रयोगमा भएकाले खेल ‘हाइ स्कोरिङ’ हुने अनुमान गरिएको भए पनि नेपाली बलरले हङकङलाई दबाबमा राख्न सफल भयभयो आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबार खेल्ने छ ।

तपाईको प्रतिक्रिया