धन/विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता: स्कता बिराटचाैक फाईनलमा प्रबेस

पथरी / माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्याममा जारी स्व. धन/विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता बिराटचाैककाे एकता फुटवल क्लव फाईनलमा प्रबेस गरेकाे छ । बिहिबारकाे पहिलाे सेमिफाईनल खेलमा बिराटचाैक एकताले पथरी स्पाेटिङ क्लवलाई ट्राईबेकरमा ६-५ गाेल अन्तरले पराजित गर्दै फाईनल प्रबेस गरेकाे हाे । खेलकाे ५२ अाै मिनेटमा एकताका डगेन राईले १ गाेल गर्दै अग्रता लिएकाे थियाे भने दाेस्राे हाफकाे ईन्जुरी समयमा पथरी स्पाेटिङका मीन धिमालले गाेल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समय सम्म खेल बराबरी भए पछि खेल ट्राईबेकरमा लम्बिएकाे थियाे ।

ट्राईबेकरमा पथरीलाई ५-६ अन्तरले एकाताले जित्दै फाईनल प्रबेस गर्याे । खेलकाे म्यन अफ द म्याच एकताका डेगन राई घाेषित भए । क्याम अर्गनाईजर कमिटीकाे सहकार्य तथा नव उदय कला केन्द्रकाे अायाेजना रहेकाे खेलमा बिजेताले नगद ४१ हजार, ट्रफी तथा उपविजेताले नगद २१ हजार ट्रफी प्राप्त गर्ने छन । भाेलिकाे खेल लेटाङ फुटवल क्लव र बेलबारी फुटवल क्लव बिच हुने अायाेजकले बताए ।

तपाईको प्रतिक्रिया

Loading...