शुरक्षाकाे नाममा प्रहरीले ज्यादती गरेकाे धरानका हाेटल ब्यवसायीहरूकाे अाराेप

गोविन्द बस्नेत –

धरान / सुनसरीकाे धरानस्थित हाेटल ब्यवसायीहरूले अनावस्यक रूपमा प्रहरीले अाफुहरूलार्य ज्यादती दुख दिने गरेकाे गुनासाे ब्यक्त गरेका छन ।  सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित सुरक्षा विषयक अन्तरक्रियामा धरानका व्यवसायीहरुले यस्ताे बताएका हुन ।

सोही अन्तरक्रियामा बोल्ने अधिकांशले  धरानमा राति १० बजे भन्दा पछाडि होटल सञ्चालन गर्न नपाउने प्रावधान भएको भन्दै अवेरसम्म खुलेका होटल व्यवसायीलाई धरानका प्रहरीहरूले अनावस्यक धरपकड गर्ने गरेकाे ब्यवसायीहरूले गुनासाे गरेका छन ।

हलमा उपस्थिति होटल व्यवसायीहरुले यस्तो गुनासो गरिसकेपछि प्रहरीले राति अवेरसम्म होटल सञ्चालन गर्न नदिने र शान्तिशुरक्षाकाे हकमा कुनै सम्झाैता नगर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जवाफ दिएका थिए ।  उहाले होटलमा सिसी क्यामेरा जडान, सुरक्षा गार्डको व्यवस्था, पार्किङ्गको सुविधा, क्याविन लेस पूर्ण पारिवारिक वातावरणका व्यवस्था गर्न सके प्रहरीले चौवीसै घण्टा होटल सञ्चालन गर्न दिने बताए ।

त्यस्तै स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाले प्रहरीले जथाभावि रुपमा ज्यादति गर्न नपाउने र व्यवसायीहरुले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै इलाका प्रशासन कार्यालय धरानका कामु प्रमुख जयराम श्रेष्ठले धरानको शान्ति सुरक्षामा प्रहरी प्रशासन र जनता मिलेर मात्र सम्भव भएका कारण हातेमाले गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । छलफललमा पर्यटन व्यवसायी बासुदेव बराल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, जिल्ला ट्राफिक प्रहरी प्रमुख, होटल व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...