झापामा दिउसै पेस्तोल देखाएर सुन पसल लुटपाट

झापा । झापाको बिर्तामोडमा दिन दहाडै आज पेस्तोल देखाएर सुन पसल लुटिएको छ ।बिर्तामोडस्थित अष्टलक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश वराइलीलाई पेस्तोल देखाएर तीन वटा सिक्री र एउटा औंठी लुटेर लगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पसल लुटेपछि लुटेराले हरियो रंगको अन टेष्ट पल्सर प्रयोग गरेर पश्चिम तर्फ भागेको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले लुटपाटमा सम्लग्नको खोजी भइरहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...