एसियन कप छनोट : नेपाली टोली ३-० ले पराजित

एफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली ३-० ले पराजित भएको छ । घरेलु दर्शक र घरेलु मैदानको साथ पाएको ताजकिस्तानले सुरुवात समय बाटै एक पछी अर्को आक्रमण गरेको थियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर व्यस्त देखिए । ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो ।

अनन्तले ताजकिस्तानको क्रस ब्लक गर्ने क्रममा विवादास्पद पेनाल्टी पाएको ताजकिस्तानका कप्तान ड्याभरोनोभको राम्रो प्रहारमा गोल गर्दै अग्रता लियो । किरणले सही दिशा तर्फ डाइभ गरेपनि ड्याभरोनोभको शक्तिशाली प्रहारले किरणलाई बिट गरेको थियो । ताजकिस्तानले ६० औं मिनेटमा दोस्रो गोल गरेको थियो । अनन्तले फल गरेपछि ताजकिस्तानले दोस्रो पेनाल्टी पाएको थियो ।

एक पछी अर्को आक्रमण गरेको ताजाकिस्तान खेलको ८७ औं मिनेटमा अर्को गोल गर्न सफल भयो । आदित्यले फल गरेपछि पाएको पेनाल्टीलाई जालिलोभले गोलमा परिणत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...