सप्तरीका निर्वाचित वडा सदस्यको मृत्यु

राजविराज, ५ असोज/ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।  राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया

Loading...