अहिलेको सरकार अलोकतान्त्रिक – संयाेजक भट्टरार्इ

धरान । नया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकार अलोकतान्त्रिक बन्दै गएको आरोप लगाउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले वृटिश कम्युनिटी हल धरानमा आयोजित पार्टीको क्षेत्र १ प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी कांग्रेस गठबन्धन सरकारलाई यस्तो आरोप लगाउनु भएको हो ।

उहाले प्रदेश नं. २ को निर्वाचनको मुखमा आएर अचारसंहिता उल्लंघन गर्दैै मन्त्री परिषद् विस्तार गरेको आरोप लगाउदै निर्वाचन आचारसंहिता उल्लंघन गरेर मन्त्री मण्डल गठन गर्नु अलोकतान्त्रिक कदम भएको बताउनुभयो ।

उहाले निर्वाचन संहिताविरीत काम गर्दा पनि निर्वाचन आयोग लालारी बनेको आरोप समेत लगाउनुभयो । अहिलेको सरकार नेपालकै इतिहासमा सबैभन्दा ठूलो जम्बु मन्त्री मण्डल भएको बताउदै यो सरकारले कुनै उपलिब्धमूलक काम गर्न नसक्ने बताउनुभयो ।

नया शक्ति पार्टी क्षेत्र नं. १का संयोजक राजेन्द्र किरातीको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षणमा प्रदेशका कार्यकर्ता, जिल्ला संयोजकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया