भौतिक सुन्दरताको भ्रम

भौतिक सुन्दरता ईश्वरीय मायावी चतुरताको पराकाष्ठाको भ्रम हो अर्थात यस्तो साक्षात्कार हो जुन असत्य छ तर सत्य भान हुन्छ, उच्चकोटीका ब्रह्मबेत्ता जीबात्माहरूलाई पनि दिगभ्रमित गरिदिन्छ।आत्मिय धरातलमा सबै आत्मा स्त्री हुन भने परमात्मा स्वरूप श्रीकृष्ण मात्र पुरुष हुनुहुंछ। हामी आत्मा हौं। भौतिक धरातलको हाड़-मासुको पुरुष वा स्त्री शरीर जीबात्माले आ-आफ्नै कर्मानुशार प्राप्त गर्ने शरीर हो। बिशेष गरी स्त्री शरीर प्राप्त जीबात्माहरू प्राकृत नियमानुशार नै आफ्नो सुन्दरताको बिज्ञापन गरी प्रकृतिको यस मायालाई फैलाईरहेका हुन्छन की सृष्टि चलोस, यो ईश्वरीय विधान नै हो। शास्त्रानुशार पनि अर्कामा अश्रित भै इन्द्रियतृप्ति भोग्न खोज्ने जीबात्माले मायाबी सुन्दर स्त्री शरीर प्राप्त गर्दछ र बल्छिमा माछा आकर्षित भए झै कुनै भोगी तर एेश्वर्यमान पुरुषलाई आकर्षित गरी आफ्नो ईन्द्रिय तृप्ति गर्न सफल हुन्छ।

भौतिक शरीर जीबात्माको आश्रय मात्र हो र यही नै यथार्थता हो। भौतिक शरीरप्रति आशक्त पुरुष बल्छिमा फसेको माछो झै स्त्री शरीरमा फस्न गै जिन्दगीभर स्त्री-दाश हुन जान्छ र मानव शरीरको प्रथम लक्ष्य, श्रीकृष्ण प्रेम, नै भुल्न जान्छ। एकपटक एकजना अत्यन्त प्रभावशाली पुरुषलाई एउटी सुन्दरी युवती प्राप्त गर्न मन लाग्यो। यता सुन्दर स्त्री शरीर प्राप्त युवती भने ब्रह्म साक्षात्कार गरेकी ज्ञानी थिईन। उनलाई थाहा थियो, मनुष्य शरीर फगत पञ्च-महाभुत(पृथ्वी, जल, वायु, तेज, आकाश)को बिस्तारीत रुप मात्र हो, तसर्थ युवतीले त्यस कामी, भोगातुर पुरुषलाई ज्ञान दिने बिचार गरी एक महिनापछि आउन आग्रह गरिन।

साध्वी सुन्दर युवतीले परमसत्यको सच्चा सौन्दर्य प्रस्तुत गर्ने कार्ययोजना तयार पारिन, मानौ सुन्दरीको कार्ययोजनालाई विगत, वर्तमान र भविष्यले स्वागत गर्न लागिरहेको थियो।सुन्दरी युवतीले थुप्रै विरेचक औषधि सेवन गर्न थालिन। विरेचक औषधि खाएपछि तिनले छेर्ने र छाद्ने गर्न थालिन। उनले मलमूत्र र उल्टी गरिएको फोहोरलाई बाल्टीमा थुपारेर राखिन। विरेचक खाएर छेर्ने/छाद्ने गरेपछि सुन्दरी युवती अत्यन्त दुब्ली-पातली भइन, उनको मनोहर रुप चाउरियो, उनका ती सुन्दर आँखाहरूमा खोपिल्टो पर्यो। यसरी उनी आफुलाई अत्यधिक माया गर्ने प्रेमीको स्वागत गर्न पर्खिएर बसिन्।

राम्रो वस्त्र लगाएका प्रेमी पुरुष मिठो बोली बोल्दै त्याहा आइपुगे तर पर्खिएर बसेकी कुरुप केटीलाई देखे र सोधे “यस घरकी सुन्दरी कता हुनुहुन्छ?”।

युवतीले भनिन “एक महिना अघि हजुरसंग वाचा गर्ने युवती मै हूँ। हेरिबक्स्योस, मैले आफ्नो सौन्दर्यको रस बाल्टीभरी थुपारेर राखेकी छु। हजुर, मेरा यी सौन्दर्यका रस पिईबक्स्योस, स्वर्गीय आनन्द लिईबक्स्योस।” जहा मलमुत्र र फोहोर थुपारिएको थियो, त्याहा उनलाई तथाकथित सुन्दरीको सौन्दर्य हेर्न लगाइयो। उनले बाल्टीभरी थुपारेको “तरल सौन्दर्य” को दर्शन गरे।

सुन्दर देखिने स्त्री शरीर पनि पञ्च-महाभुत(पृथ्वी, जल, वायु, तेज, आकाश) हो। बाल्टीको त्यस फोहोरको थुप्रो पनि पञ्च-महाभुत(पृथ्वी, जल, वायु, तेज, आकाश) नै हो। सुक्ष्म रुपमा दुबै त्यही नै हुन, मात्र व्यक्त अवस्थामा फरक भान हुन्छन्। -वल्लभ चैतन्य दास

तपाईको प्रतिक्रिया

Loading...