सुनसरीका ८० सहकारी संस्थाको दर्ता खारेज : सबैभन्दा बढी धरान र इटहरी

सुनसरी । स्थानीयस्तरमा रहेका जनताहरूमा माझ बचतको लय बसाउने र सेवामुखी बनाई जनमानसमा बिविध सेवा पुर्याउने उद्येश्यले सञ्चालित सहकारस्संस्थाहरू मध्ये सुनसरीमा ८० वटाको दर्ता खारेज गरीएको छ ।सहकारी डिभिजनको कार्यालय सुनसरीले मापदण्ड बिपरीत र सेवामुखीलाई छाडेर नाफामुखी बनेका त्यस्ता सहकारी संस्थाहरूको दर्ता खारेज गरेको हो ।

खारेज गरीएका सहकारीहरू मध्ये सबैभन्दा बढी सुनसरिको धरान र इटहरीको परेको छ । धरान उपमहानगरबाट सञ्चालित सहकारी संस्थाहरूमध्ये १८ वटा र इटहरी उपमहानगरबाट सञ्चालित १८ वटा सहकारी संस्थाहरूको दर्ता खारेजी भएको हो ।
बाहिर बोर्ड राखेर झोलाबाट कारोबार हुने अधिकांस सहकारीहरू पुर्ण रूपमा बन्द गराई उनिहरूको संस्था स्वायत्त खारेज गरीएको सहकारी डिभिजन कार्यालय इनरूवाका प्रमुख योगराज धमलाले बताए ।

सबै भन्दा खारेजीमा पर्ने २९ वटा बचत तथा ऋण सहकारी संस्था रहेको त्यस्तै दुई वटा प्रकाशन सहकारी र थोरै मात्रामा बहुद्येस्य संस्थाहरू रहेको डिभिजन प्रमुख धमलाले बताए ।अन्य खारेजीमा पर्ने सहकारीहरू मध्ये इनरूवाका ८ रामधुनी नगरपालीकाका ७ दुहबीका ४ कोशी गाउपालीकाबाट ७ बराह नगरपालीकामा ४ भोक्राहा गाउँपालिका भित्रिका २, गढी गाउँपालिका भित्रका ३ र हरिनगरपालिका भित्रका ३ सहकारी संस्थाहरु रहेका छन ।

सुनसरिमा करीब ७ सयको हाराहारीमा सहकारी संस्थाहरू सञ्चालन हुदै आएका छन जसमा धरान उपमहानगर क्षेत्रमा ९६ वटा सञ्चालन हुदै आएका छन भने इटहरी उपमहानगरपालीकामा एक सय बढी सहकारीहरू सञ्चालन हुदै आएका छन ।

तपाईको प्रतिक्रिया