राजपाका मेयरका भतिजको मृत्यु भएपछि…

रौतहट, २८ भदौ । रौतहटको मौलपुर नगरपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी आमनेसामने भएका छन् । मौलपुर नगरपालिकाका मेयरका उम्मदेवार रवीन्द्रकुमार पटेल (धिरज) का दाई रवीन्द्र पटेलका छोरा बलवीरको हत्या भएपछि माओवादी केन्द्र र राजपा आमनेसामने भएका हुन् । राजपाले बलवीरको हत्या माओवादी कार्यकर्ताले गरेको गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । प्रहरीले थप झडप र अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको छ ।

चुनाव प्रचारप्रसारका लागि आफ्नो गाउँ आएका बेला माओवादी कार्यकर्ताले मंगलबार निर्घात कुटपिट गरी बलवीरको हत्या गरेको राजपा रौतहटका संयोजक शेख जमसैदले जनाएका छन् । जमसैदले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न चेतावनी दिएका छन् । साभार श्राेतः दैनिक नेपाल

तपाईको प्रतिक्रिया