इटहरीमा अन्तराष्ट्रिय मापदण्डको फुटसल

इटहरी । पूर्वी नेपालकै केन्द्रको रुपमा रहेको इटहरीलाई खेलकुदको हवका रुपमा समेत विकास गर्न इटहरी क्षेत्रका खेलप्रेमीहरु जुटेका छन । यही क्रममा पछिल्लो समयमा युवाहरुमा लोकप्रीय वन्दै गइरहेको फुटसल खेलका लागि इटहरीका युवा सिनेट रिजालले खेल भवन निर्माण गरि खेल सञ्चालनमा ल्याएका छन ।

इटहरी क्षेत्रका युवाहरुमा समेत फुटसल खेल लोकप्रीय बन्दै गएको समयमा यहाँका युवाहरुलाई फुटसल खेल्न समस्या नहोस भन्नका लागि  SD futsal फुटसल खेल स्थल निर्माण गरेका सिनेट रिजालले जानकारी दिए । उनले इटहरी उपमहानगरपालिका–१० विराटनगर लाइनमा साढे ५ कठ्ठा जमिनमा ७० लाखको लगानीमा निर्माण गरिएको फुटसल खेल मैदानको पुर्व अर्थ मन्त्री विष्णु पौड्यालले एक कार्यक्रम विच उद्घाटन गरे । सिमीत सोत्र साधनका बाबजुद पनि नेपाली खेलाडिहरुले राम्रो गरिरहेको समयमा निजी क्षेत्रबाट खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्नुलार्ई प्रशंसा योग्य काम भएको प्रमुख अतिथी पौड्यालले वताए ।

इटहरीमा निर्माण गरिएको फुटसल १०८ फुट लामो तथा ५८ फुट चौडाको रहेको निर्माणकर्ताले जानकारी दिए । धरान र विराटनगरमा दुई दुई वटा फुटसल खेलका लागि भवन निर्माण भएको भए पनि इटहरीमा खेल मैदान नभएको तर्फ मध्यनजर गर्दै निर्माण गरिएको फुटसल मैदानमा औपाचारिक खेल सञ्चालनमा आइसकेको छ । इटहरीमा निर्माण गरिएको SD फुटसल खेल भवनमा चाईनामा तयार पारेको घाँस रहेको कारण खेलाडिहरुलाई सहज हुने निर्माणकर्ताले विश्वास लिएका छन ।

फुटसल मैदानसंगै रेष्टुरेण्ट खेलाडी आराम गर्ने स्थान, पार्किङ्ग क्षेत्र लगायतको प्रयाप्त व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा सञ्चालक सिनेटले फुटसल विशेषगरी फुटबल खेल जस्तै भए पनि यो इण्डोर खेलिने भएकाले यसका लागि भवन अनिवार्य आवश्यक पर्ने भएकाले जानकारी दिए । उद्घाटन समारोहमा सासँद रेवतीरमण भण्डारी, नेपाल ढुवानी व्यवसायी महासँघका अध्यक्ष सन्तबहादुर दुम्जन, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम ,रामु पोखरेल, विश्व रिजाल,हेमकणार् पाैडेल, लगायतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...